आजको राशिफल: २०८० साल जेठ १८ गते बिहीवार
मेष :परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। हडबडीले घर(व्यवहारमा समस्या निम्त्याउनेछ। तापनि, प्रेम र मित्रताको बन्धन कसिन सक्छ।लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला। सामान्य कामलाई सञ्चित रकम खर्चनुपर्ला। आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ।
वृष : शत्रु र रोगबाट भने सजग रहनुपर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ।
मिथुन: मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ। सुखद समाचारले मनको डर उत्साहमा रूपान्तरण हुनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। अध्ययनमा समय दिन नसकिए पनि बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
कर्कट: अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलको बेला मान्यजनको सहयोग लाभदायी रहनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ।
सिंह :साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ। सिद्धान्तमा मतभेद भए पनि पहिलेका सहयोगीहरूले राम्रो साथ दिनेछन्। काममा मिहिनेतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ।
कन्या :आर्थिक कारोबारतर्फ लिन मिले पनि आज बाहिरिएको धन फिर्ता आउन मुस्किल पर्नेछ। विवादास्पद समस्या सुल्झाउने जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ।नियमित काममा जुट्दाजुट्दै पनि केही कमजोरी देखा पर्नेछन्। आलोचकहरूबाट केही सजग रहनुहोला। मौकामा प्रयत्न गर्दा काम बन्नेछ। सोखले खर्च बढाए पनि मालमत्ता जोड्ने समय छ।
तुला :अध्ययनमा समय दिन नसकिए पनि बौद्धिक क्षमताले प्रशंसा पाउनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।विशेष अवसर अथवा रमाइलो परिस्थितिका बीच पनि सानो चिन्ताले पिरोल्न सक्छ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ तर स्वास्थ्यका लागि सजग रहनुहोला। विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि कामले प्रतिष्ठा दिलाउनेछ।
वृश्चिक: प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ। गलत व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ला।अरूको करकापमा काम गर्न बाध्य भइनेछ। फजुल खर्च बढ्नाले सञ्चित रकमसमेत खर्च हुनेछ। उधारोमा व्यापार गर्नुपर्ला। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। आफन्तबाट टाढिनुपर्ने स्थिति आउन सक्छ।
धनु:आम्दानी बढ्नाले आवश्यकता र सोख पूरा गर्न सकिनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। सरसापटमा गएको रकम हातलागी हुनेछ। पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ। आयआर्जनका स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा जिन्सीलाई नगदमा रूपान्तरण गर्न सकिनेछ। समाजसेवा र नोकरीतर्फ गरिएका कामको राम्रै मूल्यांकन हुनेछ।
मकर: कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। चिन्तन, अध्ययन र लेखनतर्फ रुचि जाग्नेछ। लगनशीलताले कर्मसिद्धि हुनेछ।स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। नयाँ अवसर प्राप्त हुनेछ। नैतिक मर्यादा पालना गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ।
कुम्भ: सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ।सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ।
मीन : अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ।सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...












