‘म काम गर्ने तरिका बदल्न चाहन्छु,पार्टीका साथीहरू नयाँ भूमिकाका लागि तयार हुनुहोस्’: महामन्त्री थापा
सभापति देउवाले एकलौटी निर्णय गरिरहनुभएको छ
काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले करिब डेढ वर्षदेखि एकलौटी निर्णय गर्दै आएको बताएका छन्।
पार्टीभित्र र कांग्रेससमेत संलग्न रहेको सरकारले गर्ने निर्णयमा सभापति देउवाले अरूसँग छलफल नगरी एकल निर्णय दिने काम गरिरहेको थापाको भनाइ छ।
‘कांग्रेस संलग्न भएको सरकारले केही गम्भीर, महत्वपूर्ण, दीर्घकालीन महत्वको र जनचासोका विषयहरू निर्णय गरेको छ। रेशम चौधरीलाई आममाफी दिने निर्णय, नागरिकता विषय, प्रदेश सरकारमा कांग्रेसको सहभागिता र मन्त्रालय तोडफोड र सांसद विकास कोषलगायतबारे सभापतिले एक्लै गरेको निर्णय हो,’ प्रेस युनियनले काठमाडौंमा शुक्रबार गरेको कार्यक्रममा उनले भने।
सभापतिले एकलौटी गरेका यस्ता निर्णयबारे आफूले सञ्चार माध्यममा आएपछि मात्रै जानकारी पाउने गरेको थापाको भनाइ छ।
‘यी सबै विषयका सन्दर्भमा कांग्रेसको सभापतिले एक्लै गरेको निर्णय हो। यो निर्णय मैले तपाईं (मिडिया)भन्दा पछि थाहा पाएको हुँ,’ उनले भने, ‘अब म सहन्नँ। सभापति बहुमतमा हुनुहुन्छ, मिलाउनुहोला भनेर यतिन्जेल सहेँ।’
पार्टीको हित नगर्ने गलत किसिमका निर्णयको विरोध गरिने थापा बताउँछन्। ‘पार्टीका आधारभूत मान्यतासँग बाझिने गरी गरिएका निर्णय छन् त्यसको भारी पार्टीमा परेको छ। यो क्रम रोकौं,’ उनले भने, ‘लडेर, जुधेर, संघर्ष गरेर रोक्ने हो।’
एकपछि अर्को गलत निर्णय गर्दै गए यो भारीले पार्टी उठाउनै नसक्ने गरी थिचिने थापाले बताए।
‘म काम गर्ने तरिका बदल्न चाहन्छु। पार्टीका साथीहरू पनि नयाँ भूमिकाका लागि तयार हुनुपर्छ,’ उनले भने, ‘पार्टी भित्रका गुट गिरोहजस्ता भए। अब गुट भत्काउनुपर्यो। सदस्यता प्रणाली नै सुधार गरेर गुट भत्काउनुपर्छ।’
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












