‘म काम गर्ने तरिका बदल्न चाहन्छु,पार्टीका साथीहरू नयाँ भूमिकाका लागि तयार हुनुहोस्’: महामन्त्री थापा
सभापति देउवाले एकलौटी निर्णय गरिरहनुभएको छ
काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले करिब डेढ वर्षदेखि एकलौटी निर्णय गर्दै आएको बताएका छन्।
पार्टीभित्र र कांग्रेससमेत संलग्न रहेको सरकारले गर्ने निर्णयमा सभापति देउवाले अरूसँग छलफल नगरी एकल निर्णय दिने काम गरिरहेको थापाको भनाइ छ।
‘कांग्रेस संलग्न भएको सरकारले केही गम्भीर, महत्वपूर्ण, दीर्घकालीन महत्वको र जनचासोका विषयहरू निर्णय गरेको छ। रेशम चौधरीलाई आममाफी दिने निर्णय, नागरिकता विषय, प्रदेश सरकारमा कांग्रेसको सहभागिता र मन्त्रालय तोडफोड र सांसद विकास कोषलगायतबारे सभापतिले एक्लै गरेको निर्णय हो,’ प्रेस युनियनले काठमाडौंमा शुक्रबार गरेको कार्यक्रममा उनले भने।
सभापतिले एकलौटी गरेका यस्ता निर्णयबारे आफूले सञ्चार माध्यममा आएपछि मात्रै जानकारी पाउने गरेको थापाको भनाइ छ।
‘यी सबै विषयका सन्दर्भमा कांग्रेसको सभापतिले एक्लै गरेको निर्णय हो। यो निर्णय मैले तपाईं (मिडिया)भन्दा पछि थाहा पाएको हुँ,’ उनले भने, ‘अब म सहन्नँ। सभापति बहुमतमा हुनुहुन्छ, मिलाउनुहोला भनेर यतिन्जेल सहेँ।’
पार्टीको हित नगर्ने गलत किसिमका निर्णयको विरोध गरिने थापा बताउँछन्। ‘पार्टीका आधारभूत मान्यतासँग बाझिने गरी गरिएका निर्णय छन् त्यसको भारी पार्टीमा परेको छ। यो क्रम रोकौं,’ उनले भने, ‘लडेर, जुधेर, संघर्ष गरेर रोक्ने हो।’
एकपछि अर्को गलत निर्णय गर्दै गए यो भारीले पार्टी उठाउनै नसक्ने गरी थिचिने थापाले बताए।
‘म काम गर्ने तरिका बदल्न चाहन्छु। पार्टीका साथीहरू पनि नयाँ भूमिकाका लागि तयार हुनुपर्छ,’ उनले भने, ‘पार्टी भित्रका गुट गिरोहजस्ता भए। अब गुट भत्काउनुपर्यो। सदस्यता प्रणाली नै सुधार गरेर गुट भत्काउनुपर्छ।’
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












