मलेसियाविरुद्धको सिरिज नेपाललाई
काठमाडौं । घरेलु टोली मलेसियालाई हराउँदै नेपालले पाँच खेलको टी-ट्वान्टी महिला सिरिजमा जित हात पारेको छ ।
घरेलु टोलीलाई विकेटले पराजित गर्दै नेपालले पाँच खेलको सिरिज ३२ ले जितेको हो । घरेलु टोली मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १९ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि सीता रानामगरले ३७ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ३४ रन बनाईन् ।
नेपालले पहिलो ओभरमा ओपनर कविता कुँबरलाई व्यक्तिगत ४ रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि सीता रानामगर र ईन्दु बर्माले १५ रनको साझेदारी गरेका थिए । बर्माले ९ बलमा ५ रन बनाएकी थिइन् ।
सीता र कप्तान रुबिना क्षेत्रीले २६ रनको साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए । कप्तान रुबिनाले ३० बलमा ३ चौकाको सहयोगमा २३ रन बनाईन् ।
अप्सरी बेगम १५ रनमा अविजित रहँदा ज्योती पान्डे ११ रनमा अविजित रहिन् । मलेसियाका लागि हमिजा हसिमले २ विकेट लिईन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन बनायो ।
घरेलु टोलीका लागि वान जुलियाले ६० बलमा सर्वाधिक ४७ रन बनाईन् । विनिफ्रेड दुराईसिंघमले २५ बलमा २४ तथा महिराह इज्जाती इस्माइलले ३१ बलमा २० रन बनाईन् ।
नेपालका लागि कविता जोशीले २ तथा ईश्वरी बिष्टले १ विकेट लिईन् । पहिलो खेलमा ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा ७ विकेटको जित दर्ता गरेको थियो ।
तेस्रो खेलमा नेपालले २७ रनको जित दर्ता गर्दा चौथो खेल मलेसियाले ६ विकेटले जितेको थियो ।
Comments
अरु समाचार
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...
-
आईपीएलः राजस्थानले लखनऊलाई सानदारले हरायो, सुर्यवंशीले बनाए ९३ रन
जयपुर । युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा लखनऊ सुपर जाइन्ट्समाथि ७...
-
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला: स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले...
-
आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (सोमबार) नेपाल र स्कटल्याण्डबिच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...












