आजको राशिफल: २०८० साल जेठ २५ गते बिहीवार
मेष : बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। दिगो काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम पनि दिलाउन सक्छ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।
वृषः व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम सुरु हुन सक्छ।गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ।
मिथुन : दोहोर्याएर प्रयत्न गर्दा आँटेको काम बन्नेछ। चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम हातलागी हुनेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। अवसर आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। धेरै श्रम गर्नुपरे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। काममा धन र श्रम खर्चनुपर्ला। उपलब्धिका केही स्रोत भने पहिल्याउन सकिनेछ।
कर्कट : मान–सम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो हुने देखिन्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेत गर्दा लक्ष्य प्राप्ति हुनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ।
सिंह : आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। केही लगानी गर्नुपरे पनि दिगो काम प्रारम्भ हुनेछ। प्रतिस्पर्धामा पछि परिने भयले सताउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले अनावश्यक दुस्ख दिनेछन्। तापनि चुनौती चिर्दै काम बनाउन सकिनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।
कन्या : अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।
तुला: साझेदारीबाट लाभ उठाउन सकिनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। परिस्थितिले केही खर्च बढाए पनि लगनशीलताले फाइदा दिलाउनेछ। हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। तापनि, समस्या दर्साउँदा सहयोगीहरू भेटिनेछन्। मान्यजनको साथ जुट्नाले काम बन्नेछ।
वृश्चिक : समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। हल्लाको पछि लाग्दा लाभांश अरूले हत्याउन सक्छन्।परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। टाढिएका साथीभाइ फेरि पनि नजिकिन सक्छन्। लगनशीलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ।
धनु : अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। मिहिनेतले आम्दानी बढाउनेछ र दिन उत्साहवर्द्धक रहनेछ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुपर्ला। अरूको वचन टाल्न नसक्दा दुस्ख पाइनेछ। तर मिहिनेत गर्दा आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ।
मकर : नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ।पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर आए पनि हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ। तापनि मिहिनेत गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ।
कुम्भ : विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने पक्रिया अघि बढ्न सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्चले तत्काललाई अर्थ अभाव देखापर्न सक्छ। तापनि सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन्। शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएको काम पनि सम्पादन हुनेछ।
मीन: कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।आय-आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












