स्कटल्यान्डविरुद्ध अभ्यास खेल खेल्दै नेपाली टिम
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको तयारीका लागि दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आज पहिलो अभ्यास खेलमा स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
नेपालले दक्षिण अफ्रिकामा एक साताको अभ्यासपछि आज स्कटल्यान्डविरुद्ध खेल्न लागेको हो । दक्षिण अफ्रिकामा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँगको अभ्यास खेल खेलेर जिम्बाब्वे जान्छ ।
नेपाल आईसीसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाएको टिम हो । स्कटल्यान्ड आईसीसी क्रिकेट विश्वकप लिग–२ को विजेता टिम हो । आज अभ्यास खेल भएका कारण यसले अन्तर्राष्ट्रिय मान्यता भने पाउने छैन ।
नेपालले गएको फागुनमा सम्पन्न आईसीसी विश्वकप लिग–२ मा स्कटल्यान्डविरुद्धका दुवै खेल जितेको थियो । यो अभ्यास खेलमा नेपाललाई कमजोरी पत्ता लगाउने अवसर हुनेछ । पछिल्लो समय उच्च लयमा देखिएको नेपाल त्यसलाई छनोट प्रतियोगितामा पनि निरन्तरता दिन चाहन्छ ।
नेपाली टिम
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, गुल्सन झा, भीम सार्की, प्रतिश जिसी, ललितनारायण राजवंशी, अर्जुन साउद र किशोर महतो ।
Comments
अरु समाचार
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...












