बजेट कार्यान्वयनमा सांसदको जोड
काठमाडौं । सांसदहरुले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट असाध्यै महत्वाकांक्षी भएकाले कार्यान्वयनमा चुनौती रहेको टिप्पणी गर्नुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८० र ८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिने सांसदहरुले बजेट कार्यान्वयनका आधारबारे प्रश्न गर्नुभयो ।
आजको बैठकमा बोल्ने अधिकांश सांसदले बजेटमा असार मसान्तदेखि नै प्रभावकारी अनुगमन गर्दै बजेट कार्यान्वयन गर्ने उल्लेख भए पनि कुन विधिद्वारा कार्यान्वयनमा गर्ने भन्नेमा सरकारले प्रष्ट पार्नुपर्ने बताउनुभयो ।
सांसद जयन्ती राईले बजेटमा नयाँ विषय समावेश गरिएको, प्रगतिशील कार्यक्रम र विकासका योजना समेटिएको उल्लेख गर्दै जस्ताकोतस्तै कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद कृष्णप्रसाद पौडेलले सुझबुझका साथ आम नेपालीको इच्छा, आकाङ्क्षा, आशा र भरोसा जित्ने बजेट आएको उल्लेख गर्दै बजेटलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गरेर जानुपर्ने बताउनुभयो । ‘बजेटको कार्यान्वयन सही ढङ्गले होस्, आम नागरिकले यसको प्रतिफल प्राप्त गर्न सकून्’, उहाँले भन्नुभयो ।
सांसद जीतेन्द्रनारायण देवले नेपालको आर्थिक परिस्थितिको सन्दर्भमा बजेट सन्तुलित, व्यवहारिक र राष्ट्रहितमा केन्द्रित रहेको बताउनुभयो । सांसद देवेन्द्र दाहालले बजेटमा सांसदले उठाएका विषय सम्बोधन गर्ने अवस्था नरहे बजेटमाथि छलफल गर्नुको अर्थ नभएको बताउनुभयो ।
सांसद हरिराम चौधरीले अवैधानिक बाटोबाट वैदेशिक रोजगारीमा पुगेर अलपत्र परेका, मृत्यु भएका श्रमिकको उद्धारमा बजेटले ध्यान दिन नसकेको बताउनुभयो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












