नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेलको लोकप्रियता बढ्दो
काठमाडौं । पछिल्लो समय नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेल लोकप्रिय हुँदै गएको देखिन्छ । नेपालमा खासगरी स्केटिङ र स्केटबोर्ड खेल खेलाउन सन् २००८/०९ देखि अरनिको स्केट शपले नै विदेशी स्वयंसेवक ल्याई नेपाली युवा विद्यार्थीलाई भौतिकरूपमै सिकाउन थालिएको थियो । त्यसपछि नेपालमा सन् २०१५ मा ११ सदस्यीय ‘नेपाल स्केटिङ तथा स्केटबोर्डिङ सङ्घ’ तदर्थ समिति गठन गरी यस खेलको औपचारिक सुरुआत भएको देखिन्छ । पचास वर्षभन्दा अघि अर्थात् १९७० मा अमेरिकाको क्यालिफोर्नियाबाट सुरु भएको स्केटिङ खेल संसारभर छिट्टै फैलन सफल भएको छ ।
‘नेपाल स्केटिङ तथा स्केटबोर्डिङ सङ्घ’को आज यहाँ भएको पाचौँ महाअधिवेशन उद्घाटनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले यो खेल युवा वर्गले रुचाउने तथा नेपालका लागि नयाँ खेल भएकाले पनि यसलाई व्यवस्थित गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले यस खेलमा अन्य खेलको तुलनामा सङ्घ दर्ता गर्ने मात्रैभन्दा पनि युवा सक्रिय भएको देख्दा खुसी लागेको उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले स्केटिङ तथा स्केटबोर्डिङ खेल सुरुआत भएको छोटो समयमै पूर्वाधार निर्माणको सुरुआत भएको उल्लेख गर्दै यो खेल युवा वर्गमाझ लोकप्रिय हुँदै गएको बताउनुभयो ।
यस खेलको खेलस्थल निर्माण भौतिक संरचना निर्माण नेपालमा आधिकारिकरूपमा यस सङ्घको स्थापना भएपश्चात् यस खेलको खेलस्थल ९स्केटपार्क० को आवश्यकता महसुस गरी सन् २०१७ मा अमेरिकास्थित यस खेल विकासमा योगदान गर्दै आइरहेको ‘मेक लाइफ स्केट लाइफ’ संस्थाले काठमाडौँको ठमेलमा स्केटपार्क निर्माण गरेको थियो । त्यसपछि पोखरा रङ्गशालाभित्र तत्कालीन समयमा सन् २०१८ मा करिब एक करोडको लागतमा अन्तर्राष्ट्रियस्तरको स्केट पार्क निर्माण गरिदिएको र सो स्केटपार्कमा दुई वटा राष्ट्रिय च्याम्पियनसिप समेत सम्पन्न भइसकेको सङ्घका अध्यक्ष अच्युत खनालले जानकारी दिनुभयो ।
त्यसैगरी बुटवलको तिलोत्तमामा अन्तर्राष्ट्रियस्तरको स्केटपार्क निर्माण भइसकेको छ भने काठमाडौँ महानगरपालिकाले हालै मात्र काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको स्केटपार्कको आवश्यकता महसुस गरी करिब रु सात करोड ५० लाख लागतको स्केटपार्क निर्माण गर्न सूचना प्रकाशित गरिसकेको छ ।
नेपालको राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा सहभागिता
सन् २०१६ मा नेपालले अन्तर्राष्ट्रिय स्केटिङ महासङ्घको सदस्यता हात पारेपछि २०१६ देखि हालसम्म नेपाललाई स्केटिङ खेलसँग आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरू अन्तर्राष्ट्रिय कंग्रेसहरू तथा यस खेलसँग सम्बन्धित अन्तर्राष्ट्रिय फोरमहरूमा नेपालले निरन्तर सहभागिता जनाइरहेको छ । सन् २०१६ मा नेपाललाई स्केटबोर्डमा पहिलोपटक राष्ट्रिय खेलाडी मिलन शाह ठकुरीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित एशियन प्लेट च्याम्पियनशीपको फ्रि स्टाइल स्केटबोर्ड विधामा प्रथम स्थान हासिल गर्न सफल हुनुभएको थियो ।
सन् २०१७ मा नेपालले चीनमा आयोजना भएको एसियन स्केटबोर्डिङ च्याम्पियनसिपमा दुई खेलाडी मिलन शाह र रोनित देउला र प्रशिक्षकमा उज्ज्वल डङ्गोलले सहभागिता जनाएको सङ्घका सचिव सत्य थापाले जानकारी दिनुभयो । यसैगरी सन् २०१८ को एसियन गेम्समा नेपालले फ्रि स्टाइल स्केटबोर्ड विधामा सभागिता जनाउने अवसर पाएको र सो प्रतियोगितामा नेपालका तर्फबाट नेरिश थापाले प्रतिस्पर्धा गर्दै १०औँ स्थान हासिल गर्न सफल हुनुभएको थियो ।
सङ्घले वार्षिकरूपमा आयोजना गर्दै आइरहेको आफ्नो क्यालेण्डरअनुसारको जिल्ला, प्रदेश तथा राष्ट्रिय स्केटबोर्ड प्रतियोगितहरू नियमितरूपमा आयोजना गर्दै आइरहेको अध्यक्ष खनालले बताउनुभयो । यसपटक पनि छैटौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता यसै आर्थिक वर्षभित्र गरिसक्ने लक्ष्य लिएको उल्लेख गर्दै उहाँले करिब ४५ जिल्लामा खेलिँदै आइरहेको दाबी गर्नुभयो ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












