दोश्रो साक चेस च्याम्पियनसिप आजदेखि
२९ जेठ, काठमाडौं । नेपाल बुद्धिचाल महासंघले दक्षिण एसियाली बुद्धिचाल काउन्सिलसँग सहकार्य गरी आयोजना गर्न लागेको दोस्रो साक बुद्धिचाल च्याम्पियनसिप मंगलबारदेखि सुरु हुने भएको छ । ४ असारसम्म हुने प्रतियोगिताका खेलहरु काठमाडौंको गोदावरीस्थित होटल भ्यू भृकुटीमा हुनेछन् ।
प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, मालदिभ्स, श्रीलंका र भुटानका १० महिला र १० पुरुष खेलाडीहरुले राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । च्याम्पियनसिपको पहिलो संस्करण बंगलादेशमा खुला प्रतिस्पर्धाको आधारमा सम्पन्न भएको थियो ।
दक्षिण एशियाका प्रत्येक देशबाट १ महिला र १ पुरुष खेलाडी, साविक विजेता १ महिला र १ पुरुष तथा आयोजक नेपालबाट थप १ महिला र १ पुरुष खेलाडीले सहभागिता जनाउनेछन् ।
अफगानिस्तानले प्रतियोगितामा सहभागी नहुने जनाएपछि दक्षिण एसियाली बुद्धिचाल काउन्सिलको सहमतीमा उनीहरुको कोटामा पनि नेपाली खेलाडी नै समावेश गर्ने निर्णय लिएको नेपाल बुद्धिचाल महासंघका अध्यक्ष विदुरप्रसाद गौतमले बताए ।
नेपालबाट पुरुषतर्फ बर्तमान च्याम्पियन फिडेमास्टर रुपेश जयसवाल र सुरवीर लामा तथा महिलातर्फ राष्ट्रिय च्याम्पियन फिडेमास्टर सुजना लोहनी र सुशीला गुरुङले प्रतिस्पर्धा गर्नेछन् । पहिलो संस्करणका पुरुषतर्फका विजेता भारतीय इन्टरनेशनल मास्टर नुवइरशशाह सेख र महिला तर्फकी विजेता बंगलादेशकी वुमन इन्टरनेशनल मास्टर सुल्तान सरमीन सिरिनले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै ग्रान्डमास्टर सायनतन दासले पनि यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । ४० लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा पुरुषतर्फ उपाधि विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेश्रो हुनेले नगद ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । महिलातर्फ उपाधि विजेताले १ लाख, उपविजेताले ६० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
Comments
अरु समाचार
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...
-
आईपीएलः राजस्थानले लखनऊलाई सानदारले हरायो, सुर्यवंशीले बनाए ९३ रन
जयपुर । युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा लखनऊ सुपर जाइन्ट्समाथि ७...
-
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला: स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले...
-
आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (सोमबार) नेपाल र स्कटल्याण्डबिच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
-
नेपालले अमेरिकालाई ९ विकेटले हरायो, कुशल भुर्तेलको शानदार शतक
काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–टू शृङ्खला अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । आज भएको खेलमा अमेरिकाले दिएको...
-
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज अमेरिकासँग खेल्दै
काठमाण्डौ — आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट...












