ताजा समाचार

आजको राशिफल : २०८० साल जेठ ३१ गते बुधवार

मेष :  मेष राशिका जातकका लागि आजको दिन रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ ।नजिकको देवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । मनमा सकारात्मक सोचका लागि सूर्योदयको दर्शन गरेपछि आजको दिनको शुरुवात गर्नुहोला ।

वृष :  अनावश्यक आरोप लाग्नसक्छ । घर परिवारका सदस्यबीच मतभेद पनि हुनसक्छ । व्यापार व्यवसायबाट प्राप्त हुने अर्थलाभले खुसियाली हुनेछ । तपाईंले निकैं सोच अनुसार काम हुनेछ । आज बिहान सूर्योदयको दर्शन गर्नुहोला । सकारात्मक सोचले मात्र तपाईंले आफ्नो दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ ।

मिथुन : चन्द्रमाको साथ छ । बिहान सूर्यनारायणको दर्शन गरी दिनको शुरुवात गर्नु उत्तम हुनेछ । परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्छन् । त्यसैले कसैप्रति पनि आग्रह पूर्वाग्रहको भावना नराख्नुहोला । सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईंको मनमा खुसीयाली छाउने छ ।

कर्कट :कसैसँग विवाद भयो भने विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । सामाजिक सेवाको काममा लाग्नु भयो भने मनमा सन्तोष छाउने छ । दिन शुभ छ । आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला ।

सिंह : सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नै बुद्धिमानी हुनेछ । कसैसँग अनावश्यक विवाद नगर्नुहोला । सकारात्मक सोच राख्नुहोला ।परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारका सदस्यले तपार्इंलाई अनावश्यक आरोपसमेत लगाउनसक्नेछन् ।

कन्या : आम्दानीको राशिबाट महिला र वृद्ध मातालाई केही उपहार दिनु होला । तपाईंमाथि अनावश्यक आरोप पनि लाग्न सक्छ । कुनै कुमारी कन्यालाई खाने बस्नु र बस्त्र दान दिनुहोला । कन्या राशिका जातका लागि आजको दिन आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययनअध्यापनबाट सफलता हात लाग्नेछ ।

तुला :  कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पूरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आर्थिक कारोबार गर्दा ध्यान दिनु पर्ने छ ।सुरु गरेको काम सफल हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्न मिहिनेतपूर्वक लाग्नुहोला ।

वृश्चिक :  देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपार्इंको कार्यमा सफलता मिल्नेछ । विवाद हुने काम नगर्नु होला । वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ ।

धनु : सामुहिक यात्राले मनोरञ्जन दिनेछ । धनु राशि भएका जातकका लागि ग्रह बलिया छन् । सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला ।

मकर: व्यापारबाट सफलता प्राप्त हुनेछ । छोटो दूरीको यात्रा गर्दा फलदायी हुनेछ । आज आफन्तजनको साथ सहयोगले मनमा प्रसन्नता छाउने छ ।आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन शिवालयको मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ ।

कुम्भ : देवालयको दर्शन गर्नुभयो भने तपाईको मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला । मौन रहनु उत्तम हुनेछ ।सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ।

मीन : व्यापारमा हुनुहुन्छ भने लाभ हुनेछ । सामाजिक सेवाका काममा समय दिनु भए राम्रो हुनेछ । आजको दिन अध्ययन लेखनमा मन जानेछ । साँझको समयमा शिवालय यात्रा गर्दा सकारात्मक ऊर्जा मिल्नेछ ।बिहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययनअध्यापनमा मन लाग्नेछ । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुची बढ्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org