आजको राशिफल : २०८० साल असार ८ गते शुक्रवार
मेष : मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। तर हातमा आएको रकम अरूका लागि खर्चनुपर्ने समय छ। समयमा आफ्नो हक दाबी गर्न नसक्दा कम मात्र लाभांश प्राप्त हुनेछ। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला।
वृष : विशेष उपहार हातलागी होला। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल प्राप्त हुनेछ।
मिथुन : व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ। बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।
कर्कट : प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। आँटले काम लिँदा दिगो फाइदा उठाउन सकिनेछ।
सिंह : आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। आम्दानीका स्रोत भने कमजोर बन्नेछन्। बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन्। परिस्थितिले अनावश्यक काम वा वस्तुहरूमा समेत खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। धनमाल सुरक्षामा विशेष सतर्कता अपनाउनुहोला।
कन्या : काम रोकिए पनि उठ्नुपर्ने रकम प्राप्त हुनेछ। उद्योग र व्यापारमा पनि सामान्य फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो समस्याले सञ्चित रकम खर्च गराउन सक्छ। चल(अचल धनको उपयोगबाट आंशिक फाइदा उठाउन सकिनेछ।
तुला: आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। मिहिनेत गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। कीर्तिमानी काम गर्ने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्।
वृश्चिक: जिम्मेवारी आए पनि उपलब्धिका लागि केही समय लाग्नेछ। अस्वस्थताले काममा जुट्न नसकिएला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मेहनतअनुसार कम मात्र फल प्राप्त हुनेछ। फाइदा नहुने काममा धेरै समय अलमलिनुपर्ने देखिन्छ।
धनु : अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। विश्राम र आहारविहारमा ध्यान पुर्याउनुहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले पछिका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ। समस्या देखाउँदा सहयोग जुट्नेछ। श्रम परे पनि मिहिनेतको उचित मूल्य प्राप्त हुनेछ। नयाँ लगानीतर्फ जोखिम बढ्ने समय छ। गोपनीयतामा सजग रहनुहोला।
मकर : आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्य(चिन्ताले सताउन सक्छ। अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने व्यर्थैमा अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दुस्ख पाइनेछ।
कुम्भ : काम बन्नुका साथै भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।
मीन : समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। अनावश्यक हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ। साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












