नेपाल–चीन ड्रागन बोट रेस फेस्टिभल: नेपालका २ समूह दोस्रो चरणमा प्रवेश
पोखरा । पोखराको फेवा तालमा शुक्रबार सुरु भएको नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभलमा नेपालका २ समूह दोस्रो चरणमा प्रवेश गरेका छन् ।
चीनबाहिर दक्षिण एसियामै पहिलो पटक आयोजना भएको फेस्टिभलमा नेपालका नारा ड्रागन बोट र एनआरसीए ड्रागन बोट टीम दोस्रो चरणमा प्रवेश गरेका हुन् ।
२ सय मिटरको इभेन्टमा नेपालको नारा ड्रागन बोट टीमले १ मिनेट ५८ सेकेन्ड र एनआरसीय ड्रागन बोट टीमले १ मिनेट ५६ सेकेन्डमा पार गर्दै दोस्रो चरणका लागि स्थान पक्का गरेको हो ।
सोही इभेन्टमा चीनको सिचुवान ड्रागन बोट टीमले १ मिनेट ४८ सेकेन्ड र युनान बोट टीमले १ मिनेट ५५ सेकेन्डमा पूरा गरेका थिए ।
५ सय मिटरको इभेन्टमा नेपालका नारा ड्रागन बोट टीम र एनआरसीय ड्रागन बोट टीमले नै दोस्रो चरणका लागि स्थान बनाएका छन् । नाराले निर्धारित दूरी ४ मिनेट ४७ सेकेन्ड र एनआरसीएले ५ मिनेट २ सेकन्डमा पूरा गर्दै दोस्रो चरणमा स्थान पक्का गराएका हुन् ।
सिचुवान ड्रागन बोट टीमले निर्धारित दूरी ४ मिनेट ३८ सेकेन्डमा पार गर्दै पहिलो हुँदा युनान ड्रागन बोट टीमले ४ मिनेट ५३ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल ग¥यो ।
उक्त फेस्टिभलमा नेपाल र चीनका ८ समूहले भाग लिएका छन् । पहिलो दिन २ सय मिटर र ५ सय मिटर गरी दुई इभेन्टमा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगिताका विजेताले ५ लाख ५० हजार, दोस्रो हुनेले ३ लाख ५० हजार र तेस्रो हुनेले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । फेस्टिभलका फाइनल खेल शनिबार हुनेछ ।
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...












