सरकार निष्पक्ष निर्वाचनको विपक्षमा छः एमाले प्रमुख सचेतक गिरी
काठमाडाैँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकार निष्पक्ष निर्वाचनको विपक्षमा उभिएको बताएका हुन्।
प्रतिनिधि सभाको आजको बैठकमा निर्वाचन कार्यालय खारेज गर्ने र सिडिओ कार्यालयमा गाभ्न लागिएको भन्दै उनले यो नियोजित ढंगले आएको बताएका हुन्।
‘सरकार नियोजित ढंगले आउने निर्वाचनलाई प्रभावित पार्न चाहन्छ। सरकारले नजानी नबुझिकन यो ल्याएको छैन। सरकार यो मुलुकमा निष्पक्ष निर्वाचनको विपक्षमा छ। नियोजित ढंगले आउने निर्वाचनलाई प्रभावित पार्ने उद्देश्य यसभित्र अन्तरनिहित छ। यो सबै कुरालाई बुझेर निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउने कार्यालयलाई खारेज गराउने र सिडिओ कार्यालयको एकाइका रूपमा राख्ने काम नियोजित ढंगले भएको हो,’ उनले भने।
उनले २०५४ सालभन्दा अगाडि पनि यो व्यवस्था भएको र सफल हुन नसकेको बताए। विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सासदहरूले पनि जिल्ला निर्वाचन कार्यालय खारेज गरेर सिडिओमा गाभ्दा निष्पक्ष निर्वाचन हुन नसक्ने भन्दै उठेर विरोध जनाए।
पार्टीका सभापति रवि लामिछानेले अथमन्त्री प्रकाशशरण महतले यसबारे सुरूमै जवाफ दिनुपर्ने बताए।
यता कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यसबारे निर्वाचन आयोगको सर्वदलीय बैठकमा छलफल भएको र खारेज नगर्ने समझदारी भइसकेको बताए। अर्थमन्त्री महतले यसबारे थप प्रकाश पार्ने भन्दै सदनलाई नियमित कार्यसूचीमा अघि बढ्न दिन आग्रह गरे।
विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटलाई स्थगित भएको छ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












