सरकार निष्पक्ष निर्वाचनको विपक्षमा छः एमाले प्रमुख सचेतक गिरी
काठमाडाैँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकार निष्पक्ष निर्वाचनको विपक्षमा उभिएको बताएका हुन्।
प्रतिनिधि सभाको आजको बैठकमा निर्वाचन कार्यालय खारेज गर्ने र सिडिओ कार्यालयमा गाभ्न लागिएको भन्दै उनले यो नियोजित ढंगले आएको बताएका हुन्।
‘सरकार नियोजित ढंगले आउने निर्वाचनलाई प्रभावित पार्न चाहन्छ। सरकारले नजानी नबुझिकन यो ल्याएको छैन। सरकार यो मुलुकमा निष्पक्ष निर्वाचनको विपक्षमा छ। नियोजित ढंगले आउने निर्वाचनलाई प्रभावित पार्ने उद्देश्य यसभित्र अन्तरनिहित छ। यो सबै कुरालाई बुझेर निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउने कार्यालयलाई खारेज गराउने र सिडिओ कार्यालयको एकाइका रूपमा राख्ने काम नियोजित ढंगले भएको हो,’ उनले भने।
उनले २०५४ सालभन्दा अगाडि पनि यो व्यवस्था भएको र सफल हुन नसकेको बताए। विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सासदहरूले पनि जिल्ला निर्वाचन कार्यालय खारेज गरेर सिडिओमा गाभ्दा निष्पक्ष निर्वाचन हुन नसक्ने भन्दै उठेर विरोध जनाए।
पार्टीका सभापति रवि लामिछानेले अथमन्त्री प्रकाशशरण महतले यसबारे सुरूमै जवाफ दिनुपर्ने बताए।
यता कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यसबारे निर्वाचन आयोगको सर्वदलीय बैठकमा छलफल भएको र खारेज नगर्ने समझदारी भइसकेको बताए। अर्थमन्त्री महतले यसबारे थप प्रकाश पार्ने भन्दै सदनलाई नियमित कार्यसूचीमा अघि बढ्न दिन आग्रह गरे।
विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटलाई स्थगित भएको छ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












