दुई सय ७६ वटा कम्पनीहरूको चार अर्ब पाँच करोडको सेयर किनबेच
काठमाडौं । नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन झण्डै ५४ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पनि २१ दशमलव ३२ अंकले घटेर दुई हजार ७५ दशमलव ९७ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव १७ अंकले घटेर तीन सय ८६ दशमलव ३५ अंकमा झरेको छ ।
दुई सय ७६ वटा कम्पनीहरुको ६४ हजार आठ सय ६८ पटकको कारोबारमा ९४ लाख १८ हजार नौं सय ५२ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम चार अर्ब पाँच करोड १० लाख ७८ हजार तीन सय ७५ रुपैंयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा दुई वटा समुहको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये होटल तथा पर्यटन समुहको सुचक एक सय १४ दशमलव ३४ अंकले बढेर पाँच हजार छ सय ४१ दशमलव ७५ अंकमा चढेकोमा ट्रेडिङ समुहको सुचक पनि १७ दशमलव शुन्य दुई अंकले बढेको छ ।
वाणिज्य बैंक समुहको सुचक भने आज १२ दशमलव ५५ अंंकले घटेर १२ सय १४ दशमलव ४० अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ३२ दशमलव ९१ अंकले घटेर तीन हजार सात सय ४५ दशमलव १३ अंकमा झरेको छ ।
फाईनान्स समुहको सुचक पनि नौं दशमलव ७७ अंकले घटेर १८ सय ४४ दशमलव १९ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ३२ दशमलव ८६ अंकले घटेर २४ सय १७ दशमलव ९३ अंकमा झरेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि दुई सय ३० दशमलव १८ अंकले घटेर १२ हजार तीन सय ३९ दशमलव ७४ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ८६ दशमलव ५० अंकले घटेर ११ हजार दुई सय ४० दशमलव नौं अंकमा झरेको छ ।
यि बाहेक लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहहरुको सुचक पनि क्रमशः शुन्य दशमलव ५५, ६२ दशमलव ५८, ५१ दशमलव ५४, शुन्य दशमलव १६ र १७ दशमलव ५१ अंकले घटेका छन् । नेप्सेमा आज सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर १२ सय ८९ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी लक्ष्मी इक्विटी फण्डको सेयर मुल्य आठ दशमलव ९५ प्रतिशतले घटेर आठ रुपैंयाँ ६५ पैसामा प्रतियुनिट सेयर कारोबार भएको छ ।यसैगरी हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीको पनि प्रतिकित्ता पाँच सय ३२ रुपैंयाँ अन्तिम मुल्यमा २३ करोड ९४ लाख ४५ हजार सात सय ८५ रुपैंयाँ १० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












