दुई सय ७६ वटा कम्पनीहरूको चार अर्ब पाँच करोडको सेयर किनबेच
काठमाडौं । नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन झण्डै ५४ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पनि २१ दशमलव ३२ अंकले घटेर दुई हजार ७५ दशमलव ९७ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव १७ अंकले घटेर तीन सय ८६ दशमलव ३५ अंकमा झरेको छ ।
दुई सय ७६ वटा कम्पनीहरुको ६४ हजार आठ सय ६८ पटकको कारोबारमा ९४ लाख १८ हजार नौं सय ५२ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम चार अर्ब पाँच करोड १० लाख ७८ हजार तीन सय ७५ रुपैंयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा दुई वटा समुहको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये होटल तथा पर्यटन समुहको सुचक एक सय १४ दशमलव ३४ अंकले बढेर पाँच हजार छ सय ४१ दशमलव ७५ अंकमा चढेकोमा ट्रेडिङ समुहको सुचक पनि १७ दशमलव शुन्य दुई अंकले बढेको छ ।
वाणिज्य बैंक समुहको सुचक भने आज १२ दशमलव ५५ अंंकले घटेर १२ सय १४ दशमलव ४० अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ३२ दशमलव ९१ अंकले घटेर तीन हजार सात सय ४५ दशमलव १३ अंकमा झरेको छ ।
फाईनान्स समुहको सुचक पनि नौं दशमलव ७७ अंकले घटेर १८ सय ४४ दशमलव १९ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ३२ दशमलव ८६ अंकले घटेर २४ सय १७ दशमलव ९३ अंकमा झरेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि दुई सय ३० दशमलव १८ अंकले घटेर १२ हजार तीन सय ३९ दशमलव ७४ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ८६ दशमलव ५० अंकले घटेर ११ हजार दुई सय ४० दशमलव नौं अंकमा झरेको छ ।
यि बाहेक लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहहरुको सुचक पनि क्रमशः शुन्य दशमलव ५५, ६२ दशमलव ५८, ५१ दशमलव ५४, शुन्य दशमलव १६ र १७ दशमलव ५१ अंकले घटेका छन् । नेप्सेमा आज सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर १२ सय ८९ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी लक्ष्मी इक्विटी फण्डको सेयर मुल्य आठ दशमलव ९५ प्रतिशतले घटेर आठ रुपैंयाँ ६५ पैसामा प्रतियुनिट सेयर कारोबार भएको छ ।यसैगरी हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीको पनि प्रतिकित्ता पाँच सय ३२ रुपैंयाँ अन्तिम मुल्यमा २३ करोड ९४ लाख ४५ हजार सात सय ८५ रुपैंयाँ १० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












