कारोबार रकम भने दुई अर्ब ५७ करोड रुपैंयाँमा खुम्चियो
काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन २१ दशमलव ३२ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने १२ दशमलव ७३ अंकले बढेर दुई हजार ८८ दशमलव ७० अंकमा पुगेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २८ अंकले बढेर तीन सय ८८ दशमलव ६२ अंकमा पुगेको छ ।
नेप्सेमा आज दुई सय ८२ वटा कम्पनीहरुको ४६ हजार सात सय ३१ पटकको कारोबारमा ६४ लाख ५० हजार नौं सय ३४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम दुई अर्ब ५७ करोड ६१ लाख ४० हजार एक सय २८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव शुन्य सात अंकले बढेर १२ सय १५ दशमलव ४७ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक ३१ दशमलव शुन्य पाँच अंकले बढेर तीन हजार सात सय ७६ दशमलव १९ अंकमा पुगेको छ ।
फाईनान्स समुहको सुचक पनि ३५ दशमलव ३४ अंकले बढेर १८ सय ७९ दशमलव ५३ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि तीन दशमलव १६ अंकले बढेर २४ सय २१ दशमलव आठ अंकमा पुगेको छ ।
यसैगरी जीवन बीमा समुहको सुचक पनि ३० दशमलव ५० अंकले बढेर १२ हजार तीन सय ७० दशमलव २४ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ७८ दशमलव शुन्य सात अंकले बढेर ११ हजार तीन सय १८ दशमलव १७ अंकमा पुगेको छ ।
यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः एक सय ३३ दशमलव ३४, शुन्य दशमलव ९९, ४० दशमलव शुन्य आठ, ३० दशमलव २१, शुन्य दशमलव शुन्य दुई, २४ दशमलव ६७ र १५ दशमलव ८१ अंकले बढेका छन् ।
नेप्सेमा आज सिटी होटल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९८ प्रतिशतले बढेर पाँच सय ५९ रुपैंयाँ ७० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९९ प्रतिशतले घटेर एक हजार तीन सय ९९ रुपैंयाँ ४० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी नागरिक लगानी कोषको भने प्रतिकित्ता दुई हजार एक सय ३९ रुपैंयाँ अन्तिम मुल्यमा १२ करोड १७ लाख आठ सय ३० रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












