आजको राशिफल : २०८० साल असार २१ गते बिहीवार
मेष : पहिलेका कमजोरी बाहिर आउनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहुन सक्छ। तापनि पहिलेको स्थितिमा सुधार आउनाले आशा जाग्नेछ। नयाँ कामको अवसर प्राप्त हुनेछ। मिहिनेतले कीर्तिमानी कामको यश लिने सौभाग्य दिलाउन सक्छ। साँझतिर पुरानो समस्या समाधान हुनाले विशेष फाइदा हुनेछ। पेसा–व्यवसायमा पनि मनग्य आम्दानी बढ्नेछ।
वृष :प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। साँझतिर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।
मिथुन :स्वास्थ्य कमजोर हुनाले काम गर्न समय लाग्नेछ। उपलब्धिविहीन काम गर्नुपरे पनि चुनौतीभित्र अवसर खोज्ने समय छ। प्रयत्न गर्दा जटिल काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। साँझतिर उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भाग्यले विभिन्न अवसर जुटाउनेछ।
कर्कट :रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायमा सामान्य आम्दानी भइरहनेछ। तर विलासितामा धन खर्च गर्नुपर्ने परिस्थिति आउला। कामले वादविवाद समेत निम्त्याउन सक्छ। साँझतिर स्वास्थ्य कमजोर रहनेछ र कामको चाप बढ्नेछ। सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ।
सिंह :परिस्थितिवश विवादास्पद काममा अलमलिनुपर्ला। द्वन्द्वले फजुल खर्च निम्त्याउन सक्छ। अवसरवादीहरूले झुक्याउन सक्छन्। पछिका लागि उपलब्धिको स्रोत पनि पहिल्याउन सकिनेछ। यसका लागि गोपनीयतामा भने ध्यान पुर्याउनुहोला। सोखले खर्च बढाउन सक्छ। काम पूरा नभए पनि साँझमा मनग्य फाइदा उठाउन सकिनेछ। मिहिनेतले लाभ दिलाउनेछ।
कन्या :लगनशीलताले अध्ययनमा प्रगति हुनेछ र अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। साँझदेखि प्रतिस्पर्धीहरूबाट अलि सावधान रहनुपर्ला। आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्, सजग रहनुहोला।
तुला : शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समस्या दर्साउँदा साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ।
वृश्चिक : जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। दाजुभाइमा असमझदारी बढ्न सक्छ। प्रतिस्पर्धा बढ्नेछ तापनि साँझतिर व्यवसायमा लाभ हुनेछ। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। बिना योजना काम थाल्दा दुस्ख पाइनेछ। तापनि, शुभचिन्तकको साथ–सहयोगले काम गर्न सकिनेछ।
धनु :अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। साँझतिर नयाँ कार्यतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले लाभ हुनेछ। कामको लगावले मनग्य धन आर्जन हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर पनि प्राप्त हुनेछ।
मकर: सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। सहयोगीहरूले नयाँ कामको प्रस्ताव ल्याउनेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडिएका आफन्तसँग सम्पर्क हुनेछ। साँझतिर परिस्थितिवश काम रोकिन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू फेला पर्नेछन्, सजग रहनुहोला।
कुम्भ: खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। आवश्यक पर्दा शुभचिन्तक र सहयोग गर्नेहरू भेटिनेछन्। विदेश तक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ। साँझतिर आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्न सक्छ। मिहिनेत गर्दा चुनौती पन्छाएर काम बनाउन सकिनेछ।
मीन : आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। केही राम्रै अवसर प्राप्त हुनेछन्। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। स्रोत :नेपाली पात्रो
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












