२८ प्रतिशतले गर्छन् आफूखुसी एन्टिमाइक्रोवियल औषधिको प्रयोग
काठमाडौँ । नेपालमा जैविक प्रतिरोध (एन्टिमाइक्रोवियल) औषधि खानेको सङ्ख्या बढ्दै गएको छ । चिकित्सकको सल्लाहबिना नै एन्टिमाइक्रोवियल औषधि खानेको सङ्ख्या बढ्दै गएको अध्ययनले देखाएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको ‘नेपालमा एन्टिमाइक्रोवियल औषधिको प्रयोगको अवस्था’बारे गरिएको अध्ययनअनुसार नेपालमा ७० प्रतिशत मानिसले कडा खालको एन्टिमाइक्रोवियल औषधि सेवन गर्ने गरेको पाइएको अध्ययनमा संलग्न तथा त्रिभुनव विश्वविद्यालय ९त्रिवि०का माइक्रोवायोलोजी केन्द्रीय विभागका सहप्राध्यापक डा मेघराज बन्जाराले जानकारी दिनुभयो ।
विश्वमा एक सय ८० एन्टिमाइक्रोवियललाई विभिन्न तीन समूहमा विभाजन गरिएको छ । उहाँले विश्व स्वास्थ्य सङ्गठनले कम मात्रामा कडा खालका एन्टिमाइक्रोवियल औषधि प्रयोग गर्ने भनेता पनि नेपालमा यसको प्रयोग बढिरहेको बताउनुभयो । उहाँले एन्टिमाइक्रोवियल औषधिको प्रयोग नेपालमा चाहिनेभन्दा बढी प्रयोग भइरहेको बताउनुभयो ।
डा बन्जाराले नचाहिने व्यक्तिलाई पनि प्रयोग गर्ने, चाहिनेभन्दा बढी प्रयोग भइरहेकाले एन्टिमाइक्रोवियलको दुरुपयोग भएको बताउनुभयो । उहाँका अनुसार चिकित्सकले पनि बिरामीलाई सही सिफारिस नगर्ने, सर्वसाधारणले पनि प्रिस्क्रिप्सन ९बिरामी पुर्जा०बिना नै एन्टिमाइक्रोवियल प्रयोग गर्ने बढेको पाइएको छ ।
‘जुन जीवाणुलाई मार्नका लागि हामीले एन्टिमाइक्रोवियल प्रयोग गर्दछौँ, तिनीहरू प्रयोग गरिररहेका एन्टिमाइक्रोवियलबाट नमर्ने अवस्था रहेको छ’, उहाँले भन्नुभयो, ‘छत्तीस वर्षदेखि नयाँ एन्टिमाइक्रोवियल बनेको छैन । जति मात्रामा एन्टिमाइक्रोवियल चाहिने हो, त्यति नै प्रयोग गर्नुपर्दछ । त्यसो गर्दा एन्टिमाइक्रोवियललाई पछि लामोसम्म उपचारका लागि प्रयोगमा ल्याउन सकिन्छ ।’ उहाँ अनुसार सन् १९८७ मा एन्टिमाइक्रोवियल बनेपछि नयाँ आएको छैन ।
चिकित्सकले पनि कुन एन्टिमाइक्रोवियलले काम गर्छ वा गर्दैन भनेर परीक्षण नगरी दिने गरेको पाइएको डा बन्जाराको भनाइ थियो । अठ्ठाइस प्रतिशत सर्वसाधारणले चिकित्सकको सिफारिसबिना नै एन्टिवायोटिक किनेर खाने गरेको अध्ययनले देखाएको छ । बाइस प्रतिशतले एन्टिमाइक्रोवियल पूरा मात्रा खाँदैनन् ।
एजिथ्रोमाइसिन २४ प्रतिशत, एमोक्सिसिलिन २० प्रतिशत, सेफिक्सिम १४ प्रतिशत, सिप्रोफ्लोक्सासिन १४ दशमलव एक प्रतिशत र मेट्रोनिडाजोल नौ प्रतिशत चिकित्सकको सिफारिस ९प्रिस्क्रिप्सन०बिनै आफूखुसी किनेर खाने गरेको पाइएको हो ।
यस्तै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तोकेको भन्दा बढीले एन्टिमाइक्रोवियल औषधि प्रयोग गर्ने गरेको अध्ययनले देखाएको डा बन्जाराले बताउनुभयो । ‘डब्लुएचओले २० देखि २६ दशमलव आठ प्रतिशत भर्ना नभएका बिरामीलाई एन्टिमाइक्रोवियल औषधि खानका लागि सिफारिस गर्नुपर्दछ भनेर उल्लेख गरिएको छ । तर नेपालमा भने ३७ दशमलव आठ प्रतिशतले यसको प्रयोग गरिरहेका छन्’, उहाँले भन्नुभयो ।
सरकारले चिकित्सकले बिरामीलाई औषधिको वैज्ञानिक ९जेनेरिक० नाम लेख्न भनेता पनि प्रेसक्रिप्सन (बिरामी पर्चा) मा १५ दशमलव चार प्रतिशत चिकित्सकले मात्र औषधिको जेनेरिक नाम लेख्ने गरेको अध्ययनले देखाएको छ । अध्ययनमा ३२ प्रतिशत चिकित्सकलाई एन्टिमाइक्रोवियल औषधि प्रयोगशालामा परीक्षण गराएर बिरामीलाई सिफारिस गर्नुपर्दछ भन्ने थाहा रहेको छ । तर ५० प्रतिशतले मात्र परीक्षण गरेर बिरामीलाई सिफारिस गर्ने गरेको पाइएको छ ।
अठार प्रतिशत चिकित्सकसँग मात्र एन्टिमाइक्रोवियल औषधि प्रयोग गर्नका लागि प्रयोगाशाला पहुँच रहेको छ । नेपालमा कोलस्टिन भन्ने एन्टिमाइक्रोवियललाई प्रतिबन्ध लगाए पनि कुखुरामा प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ । प्रतिबन्धित उक्त औषधि लुकीछिपी दुई प्रतिशत कुखुरामा प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो ।
अध्ययनमा ४० प्रतिशत औषधि पसल अनुमतिपत्र लिएर, ४८ प्रतिशत औषधि पसल अरुको नाममा सञ्चालन र चार प्रतिशत दर्ता नभएर सञ्चालन भएको पाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले एन्टिमाइक्रोवियल औषधिको प्रयोगलाई घटाउनुपर्ने बताउनुभयो । उहाँले अध्ययनले देखाएअनुसार सरकारले एन्टिवायोटिक कम प्रयोग गर्नतर्फ चिकित्सक र सर्वसाधारणलाई सचेत गराउने बताउनुभयो ।
अध्ययन सार्वजनिक कार्यक्रममा परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले एन्टिमाइक्रोवियल औषधि बढी प्रयोग भइरहेको बताउनुभयो । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले चिकित्सकले बिरामीलाई जे पायो त्यही औषधि लेख्न नपाउने बताउनुभयो । उहाँले अनुमतिपत्र नलिएर सञ्चालित पसलको अनुमगन गरिने बताउनुभयो ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












