सरकारले विनापूर्वाग्रह बहुचर्चित काण्डहरुको छानविन गरोस्, प्रतिपक्षको साथ हुनेछ: प्रचार विभाग प्रमुख गाैतम
स्थिरता, अग्रगमन र समृद्धिका लागि एमाले अपरिहार्य
काठमाडौं । नेकपा(एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गाैतमले देशमा स्थिरता, अग्रगमन र समृद्धिका लागि एमाले अपरिहार्य भएको बताएका छन् ।
देश विकासको स्पष्ट मार्गचित्र एमालेसँग भएकाले देशमा स्थिरता, अग्रगमन र समृद्धिका लागि एमाले अपरिहार्य भएको उनले बताएका हुन् ।
समसामयिक राजनीतिक परिवेश, पार्टी सांगठानिक गतिविधि, अबको लक्ष्यलगायतका विषयमा एमाले स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमसँगको कुराकानीको सम्पादित अंशः
प्रधानमन्त्रीको राजीनामा के भयो ? एका-एक सम्झौता गर्नुभयो ? नहुने माग राखेर के गरेको नेकपा एमाले
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने र बनाउने हाम्रो संवैधानिक कानुनी व्यवस्थालाई भुलेर संसदको सर्वोच्चता र क्षेत्राधिकार कुल्चिएर अमुक शक्ति केन्द्रको बलमा प्रधानमन्त्री बनेको आशयको सार्वजनिक अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षका हैसियतले वहाँको राजीनामा मागिएको थियो ।
प्रमुख राजनितिक दलका नेताहरुको दोहोरो छलफलमा प्रधानमन्त्रीले संसदमा माफी माग्ने र नेकपा एमालेलाई लगाएका आरोपहरु फिर्ता लिने कुरा गरेपछि हामीले संसदको गतिरोध खोलेका हौं। स्वयं प्रधानमन्त्रीले कमी भयो भनेर स्वीकार गरेपछि नैतिक रुपमा पदमा बस्ने कि नबस्ने वहाँले बुझ्ने कुरा हो ।
हामी त प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुकको सार्वभौमिकता, संसदको गरिमा र सर्वोच्चता, जनताको जनमतको कदर र सार्वभौम जनताबाट निर्वाचित सार्वभौम संसदको गरिमा र त्यसको रक्षाका लागी लडेका हौं। परिस्थिति यही रहेका लडिरहने छौं।
गठबन्धनमा रहेका राजनीतिक दलहरु संगठित रुपमा नेकपा एमालेका विपक्षमा देखिन्छन् नि ? तपाईहरुको आगामी योजना चाहिँ के छ ?
निश्चित रुपमा नेकपा एमाले मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको पक्षमा यसको रक्षाको लागि लडिरहेको पार्टी हो । मुलुकभित्र शान्ति,स्थिरता,सुशासन,विकास र समृद्धिका लागि स्पष्ट दृष्टिकोणसहित समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य निर्धारण गरौं भन्दै समाजवादको आधार तयार गर्दै, समाजवादको गन्तव्य निर्धारण गर्दै अगाडि बढेको पार्टी हो ।
यो एमालेको नेतृत्व वा अगुवाईमा हुने आन्दोलनलाई रोक्न एउटा पार्टीले सम्भव नभएपछि गठबन्धन बनाएर संगठित रुपमा हामीमाथि चौतर्फी हमाला भैरहेको छ । अर्थात विचार र आन्दोलनको नेताको हैसियतले हाम्रो पार्टीको मूल नेतृत्वमाथि नै निशाना लगाएको अनुभूति मलाई छ । यी हमलालाई परास्त्र गर्न विचारास्पद रुपमा स्पष्ट र संगठनात्मक रुपमा गतिशील र जुझारु पार्टी निर्माण गर्न आवश्यक छ ।
ईट्टाको जवाफ पत्थरले दिनेगरी हामीले आफूलाई तयार गर्दै अगाडि बढिरहेका छौं। जहाँसम्म आगामी कार्ययोजनाको कुरा छ, अबको एकवर्ष हाम्रो पार्टी निर्माणको वर्ष हो । केन्द्रीय योजनाअनुसार ७७ वटै जिल्लामा नयाँ नेतृत्व ,नयाँ जिम्मेवारी र नयाँ दृष्ट्रिकोणका साथ पार्टीलाई परिचालित गरेका छौं।
मुलुक त भ्रष्टाचारका काण्डैकाण्डले मुर्छित भएको तस्विर आयो,धेरै काण्डमा एमाले पनि तानिने खतरा छ यसलाई कसरी लिनु भएको छ ?
नेकपा एमाले सुशासन र आर्थिक पारदर्शितालाई मुख्य लक्ष्य बनाएर अगाडि बढेको पार्टी हो । एमालेको छाता ओढेर कोही भ्रष्टाचारको चंगुलमा फस्छ भने त्यो पार्टीलाई मात्र हैन, हामीलाई त्यो कुरा अस्वीकार्य छ । त्याज्य छ,वर्जित छ । हामी सरकारलाई भन्न चाहान्छौं कुनै पनि किसिमका भ्रष्टाचारलाई नछोडिकन छानविन गर्न, अपराधीलाई कारबाही गर्न,एमालेले सरकारलाई सघाउँछ ।
नेकपा एमालेका कुनै नेता,कार्यकर्ता,समर्थक,शुभचिन्तक भ्रष्टाचारमा मुछिएमा उनीहरुलाई पार्टी पंक्तिले बचाउने छैन,बचाउँदैन ।
तर सरकारले विनापूर्वाग्रह राष्ट्रका बहुचर्चित काण्डहरुको छानविन गरोस् । जस्तै क्यान्टोनमेन्ट भ्रष्टाचार काण्ड, हाउजिङ लगानी काण्ड, जलमाफिया काण्ड,लाउडा काण्ड,वाईडबडी काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड, धमिजा काण्ड, जेट एयर काण्ड,चाईना साउथवेष्ट काण्ड, यती/ओम्नी काण्ड आदि केही प्रतिनिधिमूलक काण्डहरु हुन । अरु धेरै काण्ड छन् । ल, सरकार खुट्टा नकमाइकन अघि बढोस्, प्रमुख प्रतिपक्षको साथ हुनेछ ।
नेपाली राजनीतिमा बढिरहेको वितृष्णाले नयाँनयाँ राजनीति शक्तिहरुको उदय भैरहेको छ । यसलाई कसरी लिनुभएको छ ?
मुलुकमा केहि नयाँ भनिने राजनीतिक शक्तिहरु केही जनमतका साथ राष्ट्रिय राजनीतिमा देखापरेका छन् । जस्तै- राष्ट्रिय स्वतन्त्र पार्टी आदि । त्यो राजनीतिक शक्तिको प्रतिस्पर्धामा अन्य केही राजनीतिक शक्तिहरुको उदय हुनेवाला छ, थप नयाँ पार्टी पनि आउँदै छन् जस्तो लाग्छ। तर त्यो पार्टीको गोत्र? नीति ? कार्यक्रम ? सिद्दान्त? गन्तव्य? दर्शन के हो ? यस्ता प्रश्नैप्रश्न छन् ।
ठूला भनिने दलका विरुद्धमा भएको जनमतलाई मात्रै समेटेर नयाँ पार्टी बनेको हो । समग्र चित्र आएको छैन । हेरौँ, जनता परिवर्तनको पक्षमा छन् । सुशासनको पक्षमा छन् । सवै चित्र आएपछि थप गरौंला । नेपाली राजनीति त्रिपक्षीय ध्रुविकरणतर्फ अग्रसर हुँदैछ । नेकपा एमाले, गठबन्धन र नयाँ राजनीतिक दलले आ-आफ्नो भूमिका खोजेको देखिरहेको छु ।
कार्यक्रमिक र नीतिगत रुपमा तस्बिर प्रष्ट भैसकेको देखिदैनँ । हल्लामा दौड्ने नेपाली जनमत छ । कसले, कसरी बनाउँछ । समय लाग्छ । तर नेकपा एमाले समाजवादलाई आफ्नो स्पष्ट गन्तव्य बनाएर जनताको बहुदलीय जनवादको आलोकमा समाजवादको आधार तयार गर्दै अगाडि बढिरहेको अवस्था हो ।
अन्त्यमा केही भन्नु छ कि ?
जनताको जिन्दगी, उनीहरु र विकासका लागी प्रत्यक्ष सरोकार राख्ने जस्तो शिक्षा, स्वास्थ्य, खानेपानी, आवास, सुरक्षा, रोजगारी,सुशासन जस्ता विषयलाई प्राथामिकतामा राखेर राजनीतिक दलहरु अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।
Comments
अरु समाचार
-
Shaping Tomorrow’s Media: Jonathan Ranger Highlights Lessons from China–Nepal Academic Exchange
In this special feature, Editor-in-Chief Sajib Kalakheti sits down with Mr. Jonathan Ranger, a journalism student who recently participated in...
-
एमाले सचिव योगेश भट्टराईले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेकाे लिखित प्रस्तावकाे पूर्णपाठ !
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी र देश गम्भीर संकटमा फसेको निष्कर्षसहित केन्द्रीय कमिटी बैठकमा लिखित धारणा पेश...
-
Nepal-China relations built on trust and peaceful coexistence, says Consul General Niroula
Lhasa, Tibet: On the auspicious occasion marking the 70th anniversary of the establishment of diplomatic relations between Nepal and the...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाकै व्यक्ति केन्द्रित बहस, महान्यायाधिवक्ताको तर्क बलियो बन्दा जवाफमा लाञ्छना
काठमाडाैं । जब मानिसमा तर्कमा बल पुग्दैन, तत्पश्चात् उसले कुतर्क गर्दछ, कतिपय अवस्थामा त मुढे बल प्रयोग गर्दछ । यदाकदा...
-
संवैधानिक अंगका पदाधिकारी नियुक्ति संविधान र कानूनसम्मत भएको वरिष्ठ अधिवक्ताहरूको तर्क हाबी
काठमाडाैं । चर्चित संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिविरुद्धको चार वर्षअघिको रिटमा प्रत्यर्थी (संवैधानिक अंगका पदाधिकारी)हरूका कानून व्यवसायीले ओजिलो, तर्कशील र तथ्यपरक...
-
सम्पत्ति शुद्धिकरण विभाग रेकर्ड ब्रेकको योजनामा, तथ्याङ्कले के देखाउँछ ?
काठमाडाैं । सम्पत्ति शुद्धिकरण विभागको स्थापनाकालदेखि अहिलेसम्म ४ हजार ३३ उजुरी दर्ता भएका छन् । विभागमा दर्जा उजुरीमध्ये ८० प्रतिशत...












