नेपाली महिला फुटबल टोली बंगलादेश प्रस्थान, २ वटा मैत्रीपूर्ण खेल हुने
काठमाण्डौ । नेपाली राष्ट्रिय महिला फुटबल टोली बङ्गलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि आज मङ्गलवार त्यसतर्फ प्रस्थान गरेको छ । यही असार २८ र ३१ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि ३१ सदस्यीय नेपाली टोली आज बङ्गलादेश प्रस्थान गरेको हो । नेपालले यस मैत्रीपूर्ण खेललाई चीनको होङझाउमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिताको तयारीका रूपमा लिएको छ ।
सहभागी नेपाली महिला फुटबल टोलीको गोलकिपरमा एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर र उषा नाथ रहेका छन् । त्यस्तै डिफेन्डरमा अमृता जैसी, गीता राना, हिराकुमारी भुजेल, पूजा राना, विमला विक, निशा थोकर, समीक्षा घिमिरे र अञ्जली वाइवा छन् ।
मिडफिल्डरमा रेनुका नगरकोटी, सरु लिम्बू, विमला चौधरी, अनिता बस्नेत, प्रिति राई र दीपा शाही छन् भने फरवार्डमा सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की र रेखा पौडेल छन् । मुख्य प्रशिक्षकमा अनन्तराज थापा र सहायक प्रशिक्षकमा पारस चौधरी र गोलकिपर प्रशिक्षकमा सुरजकुमार लामा छन् ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












