कानुनी हैसियत नभएको आन्दोलनका पछाडि नलाग्न सीवाईसी लघुवित्तका प्रबन्ध सञ्चालक शर्माको आग्रह
काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रबन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्माले आन्दोलनका पछाडि नलाग्न ग्राहकवर्गमा आग्रह गर्नु भएको छ । सामाजिक सञ्जाल फेसबु्कमा स्टाटस लेख्दै उहाँले कुनै पनि कानुनी हैसियत नभएको आन्दोलनका पछाडि नलाग्न आग्रह गर्नु भएको हो ।
अहिले लघुवित्त वित्तीय संस्थाविरुद्ध आन्दोलन गर्ने समुह र आन्दोलनमा सक्रिय भएर लाग्नेहरुको सम्बन्धलाई उहाँले व्यङ्ग्यात्मक रुपले प्रस्तुत गर्नु भएको छ । प्रबन्ध सञ्चालक शर्मा सामाजिक सञ्जालमा लेख्नु हुन्छ,’अहिले लघुवित्त वित्तीय संस्थाविरुद्ध आन्दोलन गर्ने समुह र आन्दोलनमा सक्रिय भएर लाग्नेहरुको सम्बन्धलाई म यसरी ब्याख्या गर्न चाहन्छु, ‘खाईयो पिईयो धोईयो हात तिम्रो मेरो के छ साथु’ अर्थात् हिन्दीमा,’खाया पीया धोया हात तेरा मेरा क्या है साथु’, त्यसैले कुनै पनि कानुनी हैसियत नभएको आन्दोलनका पछाडि नलागी नियमित रूपमा आफ्नो किस्ता तिर्न म सबैसँग अनुरोध गर्दछु ।
मनिराम ज्ञवाली नेतृत्वको लघुवित्त संस्था विरुद्धको संघर्ष समितिले राखेका विभिन्न मागहरुको नेपाल राष्ट बैंकले सम्बोधन गरिसकेकाले आन्दोलनको औचित्य नभएको प्रबन्ध सञ्चालक शर्माले न्यूज नेपाललाई जानकारी दिनु भयो । कुनै पनि लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिएका भए आफूले सम्पूर्ण रकम फिर्ता गराउने शर्माले बताउनु भयो ।
यसअघि मनिराम ज्ञवाली नेतृत्वले राखेका मागहरु सम्बोधन भएपनि लघु वित्तीय संस्था विरुद्धको आन्दोलन अझै रोकिएको छैन । विभिन्न संघर्ष समिति बनाएर लघु वित्तीय संस्था खारेज गर, लघुवित्तीय संस्थाविरुद्ध एक हौं, ऋणी मार्न पाइँदैन लगायतका नारा नारा लगाउँदै पछिल्लो समय पनि आन्दोलन हुँदै आएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












