कानुनी हैसियत नभएको आन्दोलनका पछाडि नलाग्न सीवाईसी लघुवित्तका प्रबन्ध सञ्चालक शर्माको आग्रह
काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रबन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्माले आन्दोलनका पछाडि नलाग्न ग्राहकवर्गमा आग्रह गर्नु भएको छ । सामाजिक सञ्जाल फेसबु्कमा स्टाटस लेख्दै उहाँले कुनै पनि कानुनी हैसियत नभएको आन्दोलनका पछाडि नलाग्न आग्रह गर्नु भएको हो ।
अहिले लघुवित्त वित्तीय संस्थाविरुद्ध आन्दोलन गर्ने समुह र आन्दोलनमा सक्रिय भएर लाग्नेहरुको सम्बन्धलाई उहाँले व्यङ्ग्यात्मक रुपले प्रस्तुत गर्नु भएको छ । प्रबन्ध सञ्चालक शर्मा सामाजिक सञ्जालमा लेख्नु हुन्छ,’अहिले लघुवित्त वित्तीय संस्थाविरुद्ध आन्दोलन गर्ने समुह र आन्दोलनमा सक्रिय भएर लाग्नेहरुको सम्बन्धलाई म यसरी ब्याख्या गर्न चाहन्छु, ‘खाईयो पिईयो धोईयो हात तिम्रो मेरो के छ साथु’ अर्थात् हिन्दीमा,’खाया पीया धोया हात तेरा मेरा क्या है साथु’, त्यसैले कुनै पनि कानुनी हैसियत नभएको आन्दोलनका पछाडि नलागी नियमित रूपमा आफ्नो किस्ता तिर्न म सबैसँग अनुरोध गर्दछु ।
मनिराम ज्ञवाली नेतृत्वको लघुवित्त संस्था विरुद्धको संघर्ष समितिले राखेका विभिन्न मागहरुको नेपाल राष्ट बैंकले सम्बोधन गरिसकेकाले आन्दोलनको औचित्य नभएको प्रबन्ध सञ्चालक शर्माले न्यूज नेपाललाई जानकारी दिनु भयो । कुनै पनि लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिएका भए आफूले सम्पूर्ण रकम फिर्ता गराउने शर्माले बताउनु भयो ।
यसअघि मनिराम ज्ञवाली नेतृत्वले राखेका मागहरु सम्बोधन भएपनि लघु वित्तीय संस्था विरुद्धको आन्दोलन अझै रोकिएको छैन । विभिन्न संघर्ष समिति बनाएर लघु वित्तीय संस्था खारेज गर, लघुवित्तीय संस्थाविरुद्ध एक हौं, ऋणी मार्न पाइँदैन लगायतका नारा नारा लगाउँदै पछिल्लो समय पनि आन्दोलन हुँदै आएको छ ।
Comments
अरु समाचार
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...
-
‘मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैन’
काठमाडौँ । आगामी मौद्रिक नीतिमार्फत कर्जा प्रवाह विस्तार, उत्पादनमुखी लगानी प्रोत्साहन र नीतिगत स्थायित्व सुनिश्चित गर्न नसके अर्थतन्त्रले अपेक्षित गति...












