एसीसी इमर्जिङ कप आजदेखि सुरु हुँदै– नेपालले पहिलो खेल शुक्रबार खेल्ने
काठमाडौँ । एसिसी इमर्जिङ टिम्स कप बिहीबार(आज)बाट श्रीलंकामा सुरु हुँदैछ। प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ।
प्रतियोगिताको पहिलो दिन श्रीलंका र बंगलादेशको ‘ए’ टिमले प्रतिस्पर्धा गर्दैछन्। त्यस्तै, अर्को खेलमा अफगानिस्तान र ओमानको ‘ए’ टिम एक-अर्काविरुद्ध भीड्दै छन्।
एसिसी इमर्जिङ टिम्स कपमा नेपाल बाहेक बाँकी सबै ७ टिमले ‘ए’ टिमलाई सहभागिताका लागि श्रीलंका पठाएका छन्। नेपालले पनि नियमित टिममा केही खेलाडी हेरफेर गरेपनि आफ्नो राष्ट्रिय टिमनै श्रीलंका पठाएको छ। नेपालले एसियाकपको तयारीका लागि राष्ट्रिय टिमनै पठाएको जनाएको छ।
जिम्बाब्वे विश्वकप छनोटमा गएको टिमका पाँच खेलाडी अहिले टिममा छैनन्। जहाँ नयाँ अन्य खेलाडीलाई अवसर दिइएको छ। टोलीमा ज्ञानेन्द्र मल्ल, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी अहिले टिममा छैनन्। दीपेन्द्र र सन्दीपले क्यानडमा हुने ग्लोबल टी-२० का कारण टिममा नरहँदा आरिफले टिम घोषणा भएपछि घरायसी कारण देखाएर नाम फिर्ता लिएका थिए। ज्ञानेन्द्र र करणलाई भने यो पटक टिममा बोलाइएन।
समूह ‘बी’मा रहेको नेपाले आफ्नो खेलमा १४ जुलाईमा पाकिस्तानसँग खेल्दा १७ जुलाईमा भारत र १९ जुलाईमा युएइसँग खेल्ने कार्यतालिका रहेको छ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












