खहरेखोल्सा झोलुङ्गे पुल
काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा निर्माण गरिएको झोलुङ्गे पुलले स्थानीयवासीको दिनचर्या सहज बनाएको छ । घाचोकको भुजेलथर खहरेखोल्सा खोलामाथि ६७ मिटर लामो झोलुङ्गे पुल निर्माणसँगै वारपारका लागि स्थानीयवासीको समय बचत भएको छ ।
पुल नहुँदा दुई गाउँ वारपार गर्न २० मिनेट समय लाग्ने गरेकामा अहिले एक मिनेटमै वारपार गर्न सकिन्छ । पुलले घाचोकका एक सय ९१ घरधुरीसहित नौ सय ५५ नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । निर्माण उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर भुजेलले झोलुङ्गे पुल बनेसँगै स्थानीयलाई धेरै नै सहज भएको बताउनुभयो ।
उहाँले भिरको अप्ठ्यारो बाटो हुँदै खहरे तरेर वारपार गर्ने गरिएकामा पुल निर्माणसँगै स्थानीय वासीको दैनिकी सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘वारपार गर्न खहरेखोलामा अप्ठ्यारो बाटो झरेर आउने जाने गर्नुपथ्र्यो । समय धेरै लाथ्यो । अब भने मेलापात र घाँस दाउरा गर्न, विद्यार्थीलाई विद्यालय जान र स्वास्थ्यचौकीसम्म पुग्न सहज भएको छ । पुलका वारिपारि दुवैतिरका नागरिक लाभान्वित भएका छन् ।’
नेपाल सरकार झोलुङ्गेपुल क्षेत्रगत कार्यक्रमअन्तर्गत स्वीस सरकारको प्राविधिक सहयोग, प्रादेशिक÷प्राविधिक सहयोग प्रदायक संस्था पिटीएसयु-पिटिएपी पोखरा, स्थानीय उपभोक्ता र नौलो घुम्ती नेपालको गरी रु ३६ लाख ५८ हजार सात सय १० लागतमा पुल निर्माण गरिएको हो ।
पुल निर्माणका लागि झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको रु २३ लाख २५ हजार नौ सय २०, टिबिएसयुको रु सात लाख ८६ हजार सात सय ७६, गाउँपालिकाको रु चार लाख ७० हजार एक सय ७३, जनश्रमदान रु ७५ हजार आठ सय ४० लगानी भएको छ ।
पुल निर्माणका लागि विसं २०७७ माघ २७ गते सम्झौता भएर विसं २०८० असार १६ गते निर्माण सम्पन्न भएको हो । झोलुङ्गे पुलको शनिबार गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले एक कार्यक्रमकाबीच शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले विकट गाउँलाई सहज बनाउनका लागि सम्भव हुने स्थानमा पुल निर्माण गर्ने पालिकाको योजना रहेको बताउनुभयो ।
पुल बनाउनका लागि निःशुल्क जग्गादान गर्नुहुने जग्गादाता दलबहादुर भुजेल (बायाँ किनारा) र भीमकुमारी लम्साल÷जगतबहादुर शाही ९दायाँ किनारा०लाई सम्मान गरिएको थियो । पछिल्लो समय नेपाल सरकार झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट जिल्लाका दुर्गम तथा विकट बस्तीमा धमाधम पुल निर्माण भइरहेका छन् । यसबाट विकट गाउँका नागरिकलाई लाभ पुगेको छ ।
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...












