खहरेखोल्सा झोलुङ्गे पुल
काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा निर्माण गरिएको झोलुङ्गे पुलले स्थानीयवासीको दिनचर्या सहज बनाएको छ । घाचोकको भुजेलथर खहरेखोल्सा खोलामाथि ६७ मिटर लामो झोलुङ्गे पुल निर्माणसँगै वारपारका लागि स्थानीयवासीको समय बचत भएको छ ।
पुल नहुँदा दुई गाउँ वारपार गर्न २० मिनेट समय लाग्ने गरेकामा अहिले एक मिनेटमै वारपार गर्न सकिन्छ । पुलले घाचोकका एक सय ९१ घरधुरीसहित नौ सय ५५ नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । निर्माण उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर भुजेलले झोलुङ्गे पुल बनेसँगै स्थानीयलाई धेरै नै सहज भएको बताउनुभयो ।
उहाँले भिरको अप्ठ्यारो बाटो हुँदै खहरे तरेर वारपार गर्ने गरिएकामा पुल निर्माणसँगै स्थानीय वासीको दैनिकी सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘वारपार गर्न खहरेखोलामा अप्ठ्यारो बाटो झरेर आउने जाने गर्नुपथ्र्यो । समय धेरै लाथ्यो । अब भने मेलापात र घाँस दाउरा गर्न, विद्यार्थीलाई विद्यालय जान र स्वास्थ्यचौकीसम्म पुग्न सहज भएको छ । पुलका वारिपारि दुवैतिरका नागरिक लाभान्वित भएका छन् ।’
नेपाल सरकार झोलुङ्गेपुल क्षेत्रगत कार्यक्रमअन्तर्गत स्वीस सरकारको प्राविधिक सहयोग, प्रादेशिक÷प्राविधिक सहयोग प्रदायक संस्था पिटीएसयु-पिटिएपी पोखरा, स्थानीय उपभोक्ता र नौलो घुम्ती नेपालको गरी रु ३६ लाख ५८ हजार सात सय १० लागतमा पुल निर्माण गरिएको हो ।
पुल निर्माणका लागि झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको रु २३ लाख २५ हजार नौ सय २०, टिबिएसयुको रु सात लाख ८६ हजार सात सय ७६, गाउँपालिकाको रु चार लाख ७० हजार एक सय ७३, जनश्रमदान रु ७५ हजार आठ सय ४० लगानी भएको छ ।
पुल निर्माणका लागि विसं २०७७ माघ २७ गते सम्झौता भएर विसं २०८० असार १६ गते निर्माण सम्पन्न भएको हो । झोलुङ्गे पुलको शनिबार गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले एक कार्यक्रमकाबीच शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले विकट गाउँलाई सहज बनाउनका लागि सम्भव हुने स्थानमा पुल निर्माण गर्ने पालिकाको योजना रहेको बताउनुभयो ।
पुल बनाउनका लागि निःशुल्क जग्गादान गर्नुहुने जग्गादाता दलबहादुर भुजेल (बायाँ किनारा) र भीमकुमारी लम्साल÷जगतबहादुर शाही ९दायाँ किनारा०लाई सम्मान गरिएको थियो । पछिल्लो समय नेपाल सरकार झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट जिल्लाका दुर्गम तथा विकट बस्तीमा धमाधम पुल निर्माण भइरहेका छन् । यसबाट विकट गाउँका नागरिकलाई लाभ पुगेको छ ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












