लुम्बिनी प्रदेशका पूर्वकृषिमन्त्री यादव बैंकिङ कसुरमा पक्राउ
काठमाडाैँ । लुम्बिनी प्रदेशका पूर्वकृषि मन्त्री एवं एमाले नेता विजयबहादुर यादव पक्राउ परेका छन् ।
बैंकिङ कसुर मुद्दामा बाँके प्रहरीले यादवलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले एमाले नेता तथा पूर्व प्रदेश कृषि मन्त्री यादवलाई आइतवार बाँकेको डूडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ गरेको हो ।
बैंकिङ कसुर मुद्दामा रुपन्देही जिल्ला अदालतले यादवको नाममा पक्राउ पुर्जी जारी गरेपछि जिल्ला प्रहरी कार्यालय बाँकेले यादवलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा बुझाएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले पुष्टि गरे । नेपाली कांग्रेसबाट राजनीति शुरू गरेका यादव अघिल्लो चुनावमा टिकट नपाएपछि जसपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
पार्टीको निर्णय विपरीत दोस्रोपटक शंकर पोखरेल नेतृत्वको सरकार टिकाउन सरकारमा सहभागी भएको भन्दै पार्टीले कारवाही गरेपछि उनको प्रदेशसभा सदस्यसँगै मन्त्री पद समेत गएको थियो । पछिल्लो चुनावमा उनी एमाले प्रवेश गरेका थिए ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खसेकाे आयोगको औपचारिक घोषणा
काठमाडौं । निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको जनाएको छ। आयोगका कार्यवाहक प्रमुख रामप्रसाद...
-
खाडी देशमा रहेका झन्डै १६ हजार नेपालीहरूको विवरण सङ्कलन
काठमाण्डौ । खाडी देशहरुमा चलिरहको युद्धपछि सरकारले त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे नियमित रूपमा विवरण सङ्कलनको काम गरिरहेको छ । परराष्ट्र...
-
उत्साहपूर्वक मतदान जारी, ६५ प्रतिशत मत खस्ने आयोगको अनुमान
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि...
-
काठमाडौंमा मतदान गरेर हेलिकोप्टरबाट झापा गए बालेन
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा प्रस्थान गरेका छन् । त्रिभुवन विमानस्थल प्रहरी स्रोतका अनुसार उनी केहीबेरअघि...
-
प्रधानमन्त्री कार्कीले धापासी मतदान केन्द्र पुगेर गरिन् मतदान
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । बिहीबार बिहानै काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी...
-
प्रतिनिधिसभा निर्वाचन : छमध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान...
-
चुनाव बिथोल्ने कुनै तत्व छैन, ढुक्क भएर मतदान गर्नुस्ः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।निर्वाचन आयोगका...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...











