‘गम्भीर विषयबाट तपाईँको ध्यान किन मोड्न खोजिँदैछ, काग लखेट्नु अघि एक पटक कान त छाम्नुस्’: रवि लामिछाने
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले राजनीतिको मूलधारमा आएमा हिंसात्मक गतिविधि माफी हुने र जुनसुकै तहको अदालतमा विचाराधीन भए पनि मुद्दा फिर्ता हुने प्रावधान कुन–कुन दललाई स्वीकार हुने हो स्पष्ट पार्नुपर्ने बताएका छन्।
बुधबार बिहान सामाजिक सञ्जालमा लेखेर लामिछानेले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, को सन्दर्भमा ८० को दफा ६४ बुँदामा आपत्ति जनाउँदै यसमा विषयान्तर गर्न खोजेको बताएका छन् ।
यो विधेयकविरुद्ध आफूहरू सदनमा उभिएको तर त्यसदिन सदन पुरै रोकेको भए मिटर ब्याजसम्बन्धी विधेयक रोकिएको आरोप खेप्नुपर्ने उनको भनाइ छ। विधेयकमाथि छलफल त बाँकी रहँदा त्यो दिन यो दफा हटाएर मात्र टेबुल होस् भन्ने चाहेको उनले बताएका छन्।
आफूहरूप्रति मिडिया र सामाजिक सञ्जाल गरेको भन्दै उनले आपत्ति जनाएका छन्। ‘रगत उम्लिनेगरी रास्वपा र हाम्रा नेतालाई गाली गर्नुहुने देशभक्त साथीहरू तथा विज्ञप्ति, मिडिया इन्टरभ्यू र आर्टिकल ठेलिरहनु भएका विज्ञज्यूहरू; छातीमा हात राखेर भन्नुहोस्, यति बेला बहस के मा हुनु पर्थ्यो?’, उनले लेखेका छन्, ‘गम्भीर विषयबाट तपाईँको ध्यान किन मोड्न खोजिँदैछ। काग लखेट्नु अघि एक पटक कान त छाम्नुस्।’
उनले आफूहरू संसदीय अभ्यासमा नयाँ रहेकाले प्रक्रियामा कमजोरी देखिनु स्वाभाविक रहेको बताएका छन्।
हेर्नुहोस् उनको फेसबुक स्टाटस–
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...












