सय किलाे सुन प्रकरण : अनुसन्धानका लागि विभागको टोली विमानस्थल भन्सार कार्यालयमा
काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाटतस्करीको सुन जाँचपास गराइएको प्रकरणमा अनुसन्धानका लागि भन्सार विभागको छुट्टै टोली खटिएको छ ।
बुधबार राजश्व अनुसन्धान विभागको टोलीले करिब १ क्विन्टल सुन बरामद गरेसँगै विभागले अनुसन्धानका लागि टोली खटाएको हो ।
विमानस्थल भन्सार कार्यालय स्रोतका अनुसार बुधबार बिहान भन्सार जाँचपास गर्ने क्रममा शाखा अधिकृत सन्तोष चन्द र नायब सुब्बा कुमार ढकाल जिम्मेवारीमा थिए । चन्द र ढकालले नै उक्त सामानको चेकजाँच र जाँचपास गराएको पाइएको छ ।
विमानस्थल भन्सार स्रोतका अनुसार पैठारीकर्ताले आफ्नो विवरण उल्लेख गरी कार्गोमार्फत् ती सामान नेपाल ल्याएका थिए । कार्गोमार्फत् नेपाल आएको सामान विमानस्थलको कार्गोबाट सोझै भन्सार कार्यालयको गोदाममा आउने गर्छ ।
गोदामबाट जाँचपास गरेपछि मात्रै ती सामान बाहिर ल्याउन पाइन्छ । यतिबेला त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी अरुण पोखरेलसँग छ । तर उनी बिरामी भएकाले दुई महिना विदामा बसेका छन् ।
उनको स्थानमा निमित्त कार्यालय प्रमुखका रुपमा नारद गौतम रहेका छन् । संलग्न कर्मचारीलाई निलम्बनको तयारी भएको छ । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जाँचपासमा संलग्न कर्मचारीलाई तत्काल निलम्बन गरी अनुसन्धान गर्न लागिएको बताए ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











