‘आगमनको जाँचमा भन्सार कर्मचारी र प्रहरी दुवैलाई राखौँ’: गृहमन्त्री श्रेष्ठ
काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनबाट पटक–पटक सुरक्षा त्रुटि भएपछि गृह मन्त्रालयले भन्सार कर्मचारीसँगै प्रहरी पनि खटाउने प्रस्ताव अघि बढाएको छ ।
हाल आगमन कक्ष र कार्गाेमा प्रहरीलाई चेकजाँचको अधिकार छैन ।
मन्त्रिपरिषद्मा पनि दुई साताअघि यससम्बन्धी प्रस्ताव राखेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यसबारे अर्थमन्त्री डा. प्रकाशशरण महतसँग पनि छलफल गरेका छन् । केही महिनाअघि भन्सार कर्मचारीकै मिलेमतोमा विद्युतीय चुरोटमा आएको सुन चोरी भएको घटनापछि मन्त्री श्रेष्ठले यस्तो प्रस्ताव अघि बढाएका हुन् ।
‘आगमनको जाँचमा भन्सार कर्मचारी र प्रहरी दुवैलाई राखौँ भनेर हामीले छलफल थालेका छौँ,’ मन्त्री श्रेष्ठले भने, ‘यसमा प्रधानमन्त्रीज्यू र अर्थमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ, तर कार्ययोजना भने बनिसकेको छैन ।’
आगमनमा भन्सार कर्मचारीले मात्र जाँच गर्दा विगतमा सुन तथा लागुऔषधलगायत अवैध सामान भित्रिएपछि संयुक्त जाँचका लागि विगतदेखि नै प्रहरीले गृह मन्त्रालयसँग कुरा राख्दै आएको छ ।
तर, भन्सारका कर्मचारीले ‘आफ्नो भाग खोज्न खोजेको’ भन्दै असहमति जनाएका कारण विमानस्थलको सुरक्षामा पटक–पटक त्रुटि हुँदै आएको छ ।
दुवै निकाय खटिँदा एकले अर्कालाई ‘चेक एन्ड ब्यालेन्स’ पनि गर्ने भएकाले प्रहरी र कर्मचारी दुवैलाई खटाउने आवाज उठ्दै आएको छ । आगमनमा चेकजाँचको अधिकार नहुँदा विमानस्थलबाट बाहिरिएपछि मात्र प्रहरीले कतिपयलाई अवैध सामानसहित पक्राउ गर्ने गरेको छ ।
मंगलबार राजस्व अनुसन्धान विभागले बरामद गरेका सुन कार्गाेतर्फबाट पास भएको थियो । त्यहाँ लागुऔषधसम्बन्धी अनुसन्धान गर्ने केही प्रहरीमाथि खटिने गरेका छन् । सुरक्षासम्बन्धी विषयमा प्रहरीलाई पनि चेकजाँचमा राख्नुपर्ने माग प्रहरीको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












