‘आगमनको जाँचमा भन्सार कर्मचारी र प्रहरी दुवैलाई राखौँ’: गृहमन्त्री श्रेष्ठ
काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनबाट पटक–पटक सुरक्षा त्रुटि भएपछि गृह मन्त्रालयले भन्सार कर्मचारीसँगै प्रहरी पनि खटाउने प्रस्ताव अघि बढाएको छ ।
हाल आगमन कक्ष र कार्गाेमा प्रहरीलाई चेकजाँचको अधिकार छैन ।
मन्त्रिपरिषद्मा पनि दुई साताअघि यससम्बन्धी प्रस्ताव राखेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यसबारे अर्थमन्त्री डा. प्रकाशशरण महतसँग पनि छलफल गरेका छन् । केही महिनाअघि भन्सार कर्मचारीकै मिलेमतोमा विद्युतीय चुरोटमा आएको सुन चोरी भएको घटनापछि मन्त्री श्रेष्ठले यस्तो प्रस्ताव अघि बढाएका हुन् ।
‘आगमनको जाँचमा भन्सार कर्मचारी र प्रहरी दुवैलाई राखौँ भनेर हामीले छलफल थालेका छौँ,’ मन्त्री श्रेष्ठले भने, ‘यसमा प्रधानमन्त्रीज्यू र अर्थमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ, तर कार्ययोजना भने बनिसकेको छैन ।’
आगमनमा भन्सार कर्मचारीले मात्र जाँच गर्दा विगतमा सुन तथा लागुऔषधलगायत अवैध सामान भित्रिएपछि संयुक्त जाँचका लागि विगतदेखि नै प्रहरीले गृह मन्त्रालयसँग कुरा राख्दै आएको छ ।
तर, भन्सारका कर्मचारीले ‘आफ्नो भाग खोज्न खोजेको’ भन्दै असहमति जनाएका कारण विमानस्थलको सुरक्षामा पटक–पटक त्रुटि हुँदै आएको छ ।
दुवै निकाय खटिँदा एकले अर्कालाई ‘चेक एन्ड ब्यालेन्स’ पनि गर्ने भएकाले प्रहरी र कर्मचारी दुवैलाई खटाउने आवाज उठ्दै आएको छ । आगमनमा चेकजाँचको अधिकार नहुँदा विमानस्थलबाट बाहिरिएपछि मात्र प्रहरीले कतिपयलाई अवैध सामानसहित पक्राउ गर्ने गरेको छ ।
मंगलबार राजस्व अनुसन्धान विभागले बरामद गरेका सुन कार्गाेतर्फबाट पास भएको थियो । त्यहाँ लागुऔषधसम्बन्धी अनुसन्धान गर्ने केही प्रहरीमाथि खटिने गरेका छन् । सुरक्षासम्बन्धी विषयमा प्रहरीलाई पनि चेकजाँचमा राख्नुपर्ने माग प्रहरीको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












