विदेश जाने नेपाली के–के सामान लैजान पाउँछन् ? यसबारे कस्तो प्रावधान छ ?
काठमाडौं । हामीले अहिलेसम्म विदेशबाट नेपाल आउँदा कसले के–के ल्याउन पाउँछन् ? कुन सामानको कति भन्सार लाग्छ भन्नेजस्ता समाचार धेरै पढ्यौँ । यो स्वाभाविक पनि हो । किनभने प्रायःजसो नेपालीले विदेशबाट नेपाल फर्किँदा सामान ल्याउँछन्। ब्रान्ड र मूल्यका हिसाबले पनि गुणस्तरीय र सस्तो सामान पाइन्छ भन्ने हाम्रो धारणा छ। यो धारणा गलत पनि होइन।
विदेशबाट फर्किने नेपालीले सामान ल्याएँझैँ नेपालबाट विदेश जाँदा पनि कतिपयले सामान लैजान्छन्। तर तपाईंलाई थाहा नहुन सक्छ कि विदेश जाँदा पनि सामान लैजान पाइन्छ, जसमा भन्सारशुल्क छुट हुन्छ या सरकारले तोकेअनुसार शुल्क तिरेर लैजान्छ सकिन्छ। त्यसोभए विदेश जाने नेपाली के–के सामान लैजान पाउँछन् ? यसबारे कस्तो प्रावधान छ ? कुन–कुन सामानमा भन्सार छुट हुन्छ ? यहाँबाट थाहा पाउन सक्नुहुनेछ ।
नेपाल राजपत्र भाग–५ मा उल्लेख भएअनुसार नेपालीले लुगाफाटो, बरबिछ्यौना, घर–गृहस्थीका पुराना समाना, औषधिलगायत सामान बिनाभन्सार लैजान पाउँछन्। यसैगरी, पुरुषले सुन २५ ग्राम र महिलाले ५० गमसम्म लैजान पाउँछन्। यसैगरी ५०० ग्रामसम्म चाँदी र एक लाख रुपैयाँबराबरको जवाहिरात जडित सुनचाँदीका गहना लैजान पाउँछन्।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारी गई लगातार ६ महिनासम्म काम गरी फर्केका श्रमिकले दुई थान नयाँ मोबाइल ल्याउँदा भन्सारशुल्क तिर्नुनपर्ने प्रावधान छ । यही प्रावधान श्रमिकले लैजाँदा पनि लागू हुन्छ ।
ट्याब्लेट, ल्यापटप वा डेस्कटप कम्प्युटर, घडी, क्यामेरा, भिडियो क्यामेरा र मोबाइल फोन एक–एक थान लैजाँदा कुनै भन्सार लाग्दैन। यसका साथै, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थान, पेसागत यात्रुले प्रयोग गरी ल्याएको सामान जस्तै, डाक्टरका लागि ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीका लागि फुटबल, भलिबल, ब्याडमिन्टन सेट, गायक तथा संगीतकारले गितार, हार्मोनियम तबलजस्ता वाद्यवादन सामग्री लैजाँदा भन्सार पूर्णरुपमा छुट हुन्छ।
सात किलोसम्म खाद्य परिकार र एक लिटर मदिरा पनि भन्सार नतिरीकन लैजान सकिन्छ। नेपाली विदेश जाँदा सौगातका रुपमा प्रचलित कानुनबमोजिम निकासी गर्न निषेध गरिएका सामानबाहेक नेपालमा उत्पादन भएका ५० हजार रुपैयाँसम्मका मालसामान लैजाँदा कुनै महसुल लाग्दैन। तर मूल्य अभिवृद्धि कर लाग्ने सामानमा कर बीजक तथा मूल्य अभिवृद्धि कर नलाग्ने सामानमा स्थायी लेखा ९प्यान० नम्बर भएको बीजक पेस गरेमा मूल्यको सीमा बन्देज लागू हुँदैन।
यसैगरी सम्बन्धित वायुसेवाले यात्रुलाई साथमै लैजान दिन निश्चित तौलसम्मको नेपाली बजारमा खरिद गरिएका तर कानुनले निषेध नगरेका जुनसुकै मालसामान लैजान चाहेमा आवश्यक कागजात पेस गरी कानुनअनुसारको शुल्क र महसुल तिरी लैजाउन पाउँछन्। यसरी सामान लैजाँदा अग्रिम भुक्तानीको प्रमाणपत्र या प्रतीतपत्र आवश्यक पर्दैन। –INS
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...












