विदेशी रकम भित्र्याउने गतिलो माध्यम क्यासिनो, विराटनगर आकर्षणको केन्द्र !
काठमाडौं । कोशी प्रदेशको राजधानी विराटनगरमा दुईवटा क्यासिनो सञ्चालनमा आएपछि रोजगार, पर्यटन प्रवर्द्धन, व्यापार वृद्धि हुनाका साथै वैदेशिक रकम भित्रिन टेवा पुगेको छ । विराटनगरमा हाल रत्न होटलमा स्मार्ट क्यासिनो र विग होटेलमा च्याम्पियन जोन नामको क्यासिनो सञ्चालनमा छ । यिनीहरुमा दैनिक दुई सयको हाराहारीमा भारतीय नागरिक क्यासिनो खेल्न आउने गर्छन् । नेपालीलाई भने यी क्यासिनोहरुमा खेल्न मात्रै होइन पस्न पनि प्रतिबन्ध लगाइएको छ ।
दुइ क्यासिनोले वार्षिक चार करोडभन्दा बढी कर तिर्छन् भने प्रत्यक्ष-अप्रत्यक्षरुपमा पाँचसय बढीलाई रोजगारी दिएका छन् । दैनिक खेल्न र हेर्न मात्रै दुई सयको हाराहारीमा भारतीय मुलका मानिसहरु आउने गर्छन् । भारतीय मूलका मानिसहरुको संख्या बढेसँगै विराटनगरका होटलहरु भरिभराउ भएका छन् । क्यासिनोका माध्यमबाट आयआर्जन बढ्ने भएपछि स्थानीय व्यापारी तथा होटेल व्यवसायी उत्साहित देखिएका छन् । यस्तै हवाई टिकट विक्री बढी हुन थालेको छ । विराटनगरमा क्यासिनो सञ्चालन भएपछि भारतीयले एकदुई दिन विराटनगरमा बसेर काठमाडौंका लागि हवाइ टिकट लिने गरेका छन् ।
विशेषगरी भारतको जोगवनी फारबिसगञ्ज, रानीगञ्ज,पटना,पूर्णियालगायत सहरका मानिसहरुका लागि विराटनगरका क्यासिनो आकर्षणको केन्द भएका छन् । भारतको दिल्ली, मुम्बई, कोलकोत्ता, पटना, सिलिगुढी, गुहावटीलगायतका विभिन्न सहरका मानिसहरु आफन्त भेट्न विराटनगर आउने गर्छन् । अतः विराटनगरमा आफन्त भेट्न आएकाहरुलाई रमाइलो गर्ने प्रमुख माध्यम क्यासिनो भएका छन् । यसले भारतीय रकम विराटनगर भित्र्याउन सहयोग पुर्याएको छ ।
यता मोरङ प्रशासनले पनि क्यासिनो सञ्चालनका लागि सुरक्षा प्रदान गर्दै सहयोग गर्ने गरेको छ । क्यासिनो सञ्चालन विराटनगरका लागि मात्रै होइन, कोशी प्रदेशका अन्य ठाउँको पयर्टन प्रवर्द्धन गर्ने गतिलो माध्यम हो । तर यसका अधिकांश राम्रो पक्ष हुँदाहुँदै पनि सञ्चालनका लागि केही चुनौतीहरु छन् । वास्तवमा पर्यटन प्रवर्द्धन, रोजगार, राजस्वलगायतमा क्यासिनो अब्बल मानिएको छ ।
क्यासिनोका प्रबन्ध निर्देशकहरु के भन्छन् त ?
रत्न होटेलमा सञ्चालनमा रहेको स्मार्ट क्यासिनोका प्रबन्ध निर्देशक लक्ष्मण बोहोराले केही सञ्चारमाध्यमहरुसँग कुराकानी गर्दै भने , ‘क्यासिनो व्यवसायीका लागि मात्रै होइन, देशका लागि नै राम्रो पक्ष हो । नियमितरुपमा सञ्चालन गर्नका लागि विराटनगरका सवै पक्षबीच प्रभावकारी समन्वय गरेर अगाडि बढ्नुपर्ने आवश्कता छ ।’
बिग होटेलमा सञ्चालनमा रहेको च्याम्पियन जोन क्यासिनोका प्रबन्ध निर्देशक रामकृष्ण गौतम विदेशी रकम आर्जन गर्ने राम्रो व्यवसाय क्यासिनो भएको दाबी गर्छन् । हरेक पक्षले महत्वपूर्ण भएको यसलाई केही मानिसले फरक दृष्टिकोणले पनि हेर्ने गरेका छन् । तर विभिन्न चुनौतीहरु भएपनि यसको स्थायीत्वका लागि राज्यले नै उचित पहल गर्नुपर्नेमा गौतम जोड दिन्छन् ।
देशभरि क्यासिनोकोे अवस्था:
नेपालका क्यासिनोमा विदेशी पर्यटकले मात्र प्रवेश पाउने गर्छन् । क्यासिनो सञ्चालन गर्न हाल लगभग दुइ दर्जन कम्पनीले अनुमति पाएका छन् । पछिल्लो समय क्यासिनो सञ्चालनको अनुमति मोफसलमा रहेका होटलहरुलाई पनि दिइएको छ । आतिथ्य सेवामा लगानी र क्यासिनो पूर्वाधार थप भएसँगै अनुमति दिइएको हो । आधुनिक मेशिन वा उपकरणको माध्यमबाट इजाजत लिएर सन्चालनमा रहेका क्यासिनोहरुमा सिएनजी क्यासिनो महेन्द्रनगर, होटल ओपेरा महेन्द्रनगर, होटल भिष्वा, विरगञ्ज, होटल रत्ना विराटनगर,विग होटेल विराटनगर,होटल प्लाटिनम काठमाडौंलगायत छन् । नेपाली नागरिकलाई प्रतिबन्ध लगाइने यस्ता क्यासिनोमा विदेशी पर्यटकलाई मात्रै खेल्न इजाजत छ । सरकारले बजेट तथा कार्यक्रममै विदेशी पर्यटकलाई नेपाल ल्याउन बढि जोड दिने गरेको छ ।
नेपालमा पहिलो पटक याक एण्ड यति होटलमा विक्रम सम्वत २०४८ सालमा क्यासिनो सञ्चालनको अनुमति दिइएको थियो । २०७०/७१ सालसम्म क्यासिनोले अनुमति पाएका थिए । त्यसपछि सरकारले चुक्तापूँजी बढाउने निर्णय लियो । यो निर्णयपछि नयाँ क्यासिनो आउने क्रम बन्द पनि भएको थियो । नेपालमा सञ्चालनमा रहेका क्यासिनोहरुले वार्षिकरुपमा एक अर्बभन्दा बढी रोयल्टी र आयकर तिने गर्छन् । कोरोना कालमा लकडाउनले असर गरेका क्यासिनो पछिल्लो समय विस्तारै लयमा फर्किने क्रममा रहेका छन् ।
नेपालमा अनुमति प्राप्त क्यासिनोको विवरण :
-बेल्लिज नेपाल प्रालि : मल्ल होटल लैनचौर
-एटलान्टिक रिक्रियसन होटल : डेला अन्नपूर्ण दरवारमार्ग
-प्राइड इन्टरटेनमेन्ट: तारागाउँ रिजेन्सी बौद्ध
-डेल्टइन नेपाल: होटल म्यारियट नक्साल
-एसएचएल म्यानेजमेन्ट सर्भिसेज होटल टाइगर वन भैरहवा
-एसएचएल म्यानेजमेन्ट सर्भिसेज: होटल सांग्रिला लाजिम्पाट
-क्यासिनो रोयल : होटल याक यण्ड यति दरवारमार्ग
-क्यासिनो र्याड: होटल र्याडिसन लाजिम्पाट
-माजोङ इन्टरटेन्मेन्ट: सोल्टी होटल
-इम्पेरियल इन्टरटेन्मेन्ट होटल: सोल्टी शिवक्रिम होटल्स नेपालगन्ज
-भेगस रिक्रियसन: मेची क्राउन प्लाजा झापा
-ज्याकपोट ग्यामिङ सेन्टर :न्यू होटल सिद्धार्थ बाँके
-स्माइल कलेक्सन प्रालि: इच्छा होटल सिमरा
-सेन्ट्रल मिडिया ग्रुप : होटल ओपेरा (नेपालगञ्ज), होटल भिसुवा (वीरगञ्ज), होटल रत्ना (विराटनगर), होटल प्लाटिनम (काठमाडौं)
-ह्याप्पी आवर प्रालि होटल स्वीटड्रीम महेन्द्रनगर, होटल लाकौल (भैरहवा), होेटेल ढाका (काँकडभिट्टा)
-रक इन्टरनेशनल: होटल साथी धनगढी, होटल सुरज वीरगञ्ज, होटल बोधी रेडसन भैरहवा र होटल रियाज काकडभिट्टा
-निर्भाना लक्जरी: होटल निर्वाण भैरहवा
-बेलिज इन्टरटेन्मेन्ट: होटल स्नेह प्रालि बाँके
-सिद्धार्थ गेमिज जोन प्रालि होटल नान्स भैरहवा
-ओम क्रयम्बकम इन्टरटेन्मेन्ट: कल्पतरु होटल्स एण्ड कौशिकी बैंकेट प्रालि बाँके
-सेपियर इन्टरटेन्मेन्ट टोक्नोलोजी प्रालि: होटल सिटी प्यालेस बाँके
Comments
अरु समाचार
-
दुबईबाट पोखरा अवतरण गरेको ‘फ्लाई दुबई विमान’लाई गरियो भव्य स्वागत
काठमाडौं । फ्लाई दुबईमार्फत पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमान तथा यात्रुलाई भव्य स्वागत गरिएको छ । असोज...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...












