विदेशी रकम भित्र्याउने गतिलो माध्यम क्यासिनो, विराटनगर आकर्षणको केन्द्र !
काठमाडौं । कोशी प्रदेशको राजधानी विराटनगरमा दुईवटा क्यासिनो सञ्चालनमा आएपछि रोजगार, पर्यटन प्रवर्द्धन, व्यापार वृद्धि हुनाका साथै वैदेशिक रकम भित्रिन टेवा पुगेको छ । विराटनगरमा हाल रत्न होटलमा स्मार्ट क्यासिनो र विग होटेलमा च्याम्पियन जोन नामको क्यासिनो सञ्चालनमा छ । यिनीहरुमा दैनिक दुई सयको हाराहारीमा भारतीय नागरिक क्यासिनो खेल्न आउने गर्छन् । नेपालीलाई भने यी क्यासिनोहरुमा खेल्न मात्रै होइन पस्न पनि प्रतिबन्ध लगाइएको छ ।
दुइ क्यासिनोले वार्षिक चार करोडभन्दा बढी कर तिर्छन् भने प्रत्यक्ष-अप्रत्यक्षरुपमा पाँचसय बढीलाई रोजगारी दिएका छन् । दैनिक खेल्न र हेर्न मात्रै दुई सयको हाराहारीमा भारतीय मुलका मानिसहरु आउने गर्छन् । भारतीय मूलका मानिसहरुको संख्या बढेसँगै विराटनगरका होटलहरु भरिभराउ भएका छन् । क्यासिनोका माध्यमबाट आयआर्जन बढ्ने भएपछि स्थानीय व्यापारी तथा होटेल व्यवसायी उत्साहित देखिएका छन् । यस्तै हवाई टिकट विक्री बढी हुन थालेको छ । विराटनगरमा क्यासिनो सञ्चालन भएपछि भारतीयले एकदुई दिन विराटनगरमा बसेर काठमाडौंका लागि हवाइ टिकट लिने गरेका छन् ।
विशेषगरी भारतको जोगवनी फारबिसगञ्ज, रानीगञ्ज,पटना,पूर्णियालगायत सहरका मानिसहरुका लागि विराटनगरका क्यासिनो आकर्षणको केन्द भएका छन् । भारतको दिल्ली, मुम्बई, कोलकोत्ता, पटना, सिलिगुढी, गुहावटीलगायतका विभिन्न सहरका मानिसहरु आफन्त भेट्न विराटनगर आउने गर्छन् । अतः विराटनगरमा आफन्त भेट्न आएकाहरुलाई रमाइलो गर्ने प्रमुख माध्यम क्यासिनो भएका छन् । यसले भारतीय रकम विराटनगर भित्र्याउन सहयोग पुर्याएको छ ।
यता मोरङ प्रशासनले पनि क्यासिनो सञ्चालनका लागि सुरक्षा प्रदान गर्दै सहयोग गर्ने गरेको छ । क्यासिनो सञ्चालन विराटनगरका लागि मात्रै होइन, कोशी प्रदेशका अन्य ठाउँको पयर्टन प्रवर्द्धन गर्ने गतिलो माध्यम हो । तर यसका अधिकांश राम्रो पक्ष हुँदाहुँदै पनि सञ्चालनका लागि केही चुनौतीहरु छन् । वास्तवमा पर्यटन प्रवर्द्धन, रोजगार, राजस्वलगायतमा क्यासिनो अब्बल मानिएको छ ।
क्यासिनोका प्रबन्ध निर्देशकहरु के भन्छन् त ?
रत्न होटेलमा सञ्चालनमा रहेको स्मार्ट क्यासिनोका प्रबन्ध निर्देशक लक्ष्मण बोहोराले केही सञ्चारमाध्यमहरुसँग कुराकानी गर्दै भने , ‘क्यासिनो व्यवसायीका लागि मात्रै होइन, देशका लागि नै राम्रो पक्ष हो । नियमितरुपमा सञ्चालन गर्नका लागि विराटनगरका सवै पक्षबीच प्रभावकारी समन्वय गरेर अगाडि बढ्नुपर्ने आवश्कता छ ।’
बिग होटेलमा सञ्चालनमा रहेको च्याम्पियन जोन क्यासिनोका प्रबन्ध निर्देशक रामकृष्ण गौतम विदेशी रकम आर्जन गर्ने राम्रो व्यवसाय क्यासिनो भएको दाबी गर्छन् । हरेक पक्षले महत्वपूर्ण भएको यसलाई केही मानिसले फरक दृष्टिकोणले पनि हेर्ने गरेका छन् । तर विभिन्न चुनौतीहरु भएपनि यसको स्थायीत्वका लागि राज्यले नै उचित पहल गर्नुपर्नेमा गौतम जोड दिन्छन् ।
देशभरि क्यासिनोकोे अवस्था:
नेपालका क्यासिनोमा विदेशी पर्यटकले मात्र प्रवेश पाउने गर्छन् । क्यासिनो सञ्चालन गर्न हाल लगभग दुइ दर्जन कम्पनीले अनुमति पाएका छन् । पछिल्लो समय क्यासिनो सञ्चालनको अनुमति मोफसलमा रहेका होटलहरुलाई पनि दिइएको छ । आतिथ्य सेवामा लगानी र क्यासिनो पूर्वाधार थप भएसँगै अनुमति दिइएको हो । आधुनिक मेशिन वा उपकरणको माध्यमबाट इजाजत लिएर सन्चालनमा रहेका क्यासिनोहरुमा सिएनजी क्यासिनो महेन्द्रनगर, होटल ओपेरा महेन्द्रनगर, होटल भिष्वा, विरगञ्ज, होटल रत्ना विराटनगर,विग होटेल विराटनगर,होटल प्लाटिनम काठमाडौंलगायत छन् । नेपाली नागरिकलाई प्रतिबन्ध लगाइने यस्ता क्यासिनोमा विदेशी पर्यटकलाई मात्रै खेल्न इजाजत छ । सरकारले बजेट तथा कार्यक्रममै विदेशी पर्यटकलाई नेपाल ल्याउन बढि जोड दिने गरेको छ ।
नेपालमा पहिलो पटक याक एण्ड यति होटलमा विक्रम सम्वत २०४८ सालमा क्यासिनो सञ्चालनको अनुमति दिइएको थियो । २०७०/७१ सालसम्म क्यासिनोले अनुमति पाएका थिए । त्यसपछि सरकारले चुक्तापूँजी बढाउने निर्णय लियो । यो निर्णयपछि नयाँ क्यासिनो आउने क्रम बन्द पनि भएको थियो । नेपालमा सञ्चालनमा रहेका क्यासिनोहरुले वार्षिकरुपमा एक अर्बभन्दा बढी रोयल्टी र आयकर तिने गर्छन् । कोरोना कालमा लकडाउनले असर गरेका क्यासिनो पछिल्लो समय विस्तारै लयमा फर्किने क्रममा रहेका छन् ।
नेपालमा अनुमति प्राप्त क्यासिनोको विवरण :
-बेल्लिज नेपाल प्रालि : मल्ल होटल लैनचौर
-एटलान्टिक रिक्रियसन होटल : डेला अन्नपूर्ण दरवारमार्ग
-प्राइड इन्टरटेनमेन्ट: तारागाउँ रिजेन्सी बौद्ध
-डेल्टइन नेपाल: होटल म्यारियट नक्साल
-एसएचएल म्यानेजमेन्ट सर्भिसेज होटल टाइगर वन भैरहवा
-एसएचएल म्यानेजमेन्ट सर्भिसेज: होटल सांग्रिला लाजिम्पाट
-क्यासिनो रोयल : होटल याक यण्ड यति दरवारमार्ग
-क्यासिनो र्याड: होटल र्याडिसन लाजिम्पाट
-माजोङ इन्टरटेन्मेन्ट: सोल्टी होटल
-इम्पेरियल इन्टरटेन्मेन्ट होटल: सोल्टी शिवक्रिम होटल्स नेपालगन्ज
-भेगस रिक्रियसन: मेची क्राउन प्लाजा झापा
-ज्याकपोट ग्यामिङ सेन्टर :न्यू होटल सिद्धार्थ बाँके
-स्माइल कलेक्सन प्रालि: इच्छा होटल सिमरा
-सेन्ट्रल मिडिया ग्रुप : होटल ओपेरा (नेपालगञ्ज), होटल भिसुवा (वीरगञ्ज), होटल रत्ना (विराटनगर), होटल प्लाटिनम (काठमाडौं)
-ह्याप्पी आवर प्रालि होटल स्वीटड्रीम महेन्द्रनगर, होटल लाकौल (भैरहवा), होेटेल ढाका (काँकडभिट्टा)
-रक इन्टरनेशनल: होटल साथी धनगढी, होटल सुरज वीरगञ्ज, होटल बोधी रेडसन भैरहवा र होटल रियाज काकडभिट्टा
-निर्भाना लक्जरी: होटल निर्वाण भैरहवा
-बेलिज इन्टरटेन्मेन्ट: होटल स्नेह प्रालि बाँके
-सिद्धार्थ गेमिज जोन प्रालि होटल नान्स भैरहवा
-ओम क्रयम्बकम इन्टरटेन्मेन्ट: कल्पतरु होटल्स एण्ड कौशिकी बैंकेट प्रालि बाँके
-सेपियर इन्टरटेन्मेन्ट टोक्नोलोजी प्रालि: होटल सिटी प्यालेस बाँके
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












