‘कांग्रेस बलियो भएमा मात्र देशमा प्रजातन्त्र बलियो हुन्छ’: सभापति देउवा
काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुने बताएका छन् ।
आज प्रजातान्त्रिक विचार समाजका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा सभापति देउवाले भने, ‘कांग्रेस बलियो भएमा मात्र देशमा प्रजातन्त्र बलियो हुन्छ, त्यसैले विभिन्न पेशा, व्यवसाय तथा सबै क्षेत्रमा लागेका प्रजातान्त्रिक विचार राख्नेहरूले कांग्रेस बलियो बनाउनतर्फ लाग्नुपर्छ ।’
उनले कांग्रेस र प्रजातन्त्रलाई बलियो बनाउनका लागि समाजबाट आएका सुझाव ग्रहण गर्दै सबै सुझाव कार्यान्वयन गर्ने बताए । प्रजातन्त्रलाई बलियो बनाउनेबारे समाजसँग बसेर पार्टीले विचार विमर्श गर्ने उनको भनाइ छ । सोही अवसरमा सभापति देउवाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवम् सदस्यलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे ।
भेटमा समाजले मुलुक विकासका लागि नेपाली कांग्रेस र प्रजातन्त्र बलियो बनाउन आवश्यक रहेको सुझाव दिएको थियो । समाजका नवनिर्वाचित अध्यक्ष कुलचन्द्र वाग्लेले भने, ‘मुलुकको विकास र प्रजातन्त्रलाई बलियो बनाउनका लागि प्रजातान्त्रिक विचार समाजले दिएको सुझाव ग्रहण गरेर कांग्रेस अगाडि बढोस् भन्ने हाम्रो चाहना छ ।’
अध्यक्ष वाग्लेले प्रजातन्त्रमाथि आज पनि विभिन्न क्षेत्रबाट प्रहार हुन खोजेको भन्दै त्यसलाई बलियो बनाउनका लागि समाजले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको समेत स्पष्ट पारे । भेटमा समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसी, वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल, महासचिव डा वासुदेव भण्डारी, कोषाध्यक्ष पुष्पमान श्रेष्ठलगायत पदाधिकारी एवम् सदस्यको सहभागीता थियो ।
Comments
अरु समाचार
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












