दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै, जिल्लामा खेलकुद पूर्वाधारको अभाव
कर्णाली । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वतयारीमा कर्णाली जुटेको छ । विसं २०८१ मङ्सिर २(९ गतेसम्म कर्णाली प्रदेशमा हुने उक्त प्रतियोगिता आयोजना हुने समय नजिकिंदै छ । खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा निर्माणाधीन रङ्गशालाको काम तीव्ररुपमा अगाडि बढिरहेको छ । यद्यपि प्रदेशका अन्य जिल्लामा भने खेलकुद पूर्वाधारको अभाव छ । खेलकुद प्रतियोगिताको पूर्वतयारी गर्न बजेट पनि धेरै नभएको बताइएको छ ।
डेढ वर्षपछि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएपछि यहाँको पूर्वाधार संरचना र तयारी अवस्था बुझ्न कोशी र बागमती प्रदेशका खेलकुद परिषद् सदस्यसचिवहरु कर्णाली पुगेका छन् । उनीहरुले यहाँको निर्माणाधीन रङ्गशालाको भौतिक संरचनाको अवलोकन गरे ।
प्रतियोगिताको समय नजिकिंदै गरेकाले सङ्घीय सरकार र राष्ट्रिय खेलकुद परिषद्ले बेलैमा ध्यान दिनुपर्नेमा कोशी प्रदेशका खेलकुद परिषद् सदस्य हंसराज वाग्लेले जोड दिए । ‘कर्णालीमा दशौँ खेलकुद प्रतियोगिता हुने भएपछि सबैको ध्यान यता खिचिएको छ,’ उनले भने, ‘निर्माणाधीन रङ्गशालामा ३३ खेलहरुमा २१र२२ सम्म खेलाउन सम्भव हुन्छ । बाँकी खेलहरु अन्य जिल्लामा खेलाउने गरी तयारी थाल्नुपर्दछ ।’
बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले प्रदेश रङ्गशालाको प्रगति उत्साहजनक भएको बताए । उनले भने, ‘रङ्गशालाको अवलोकन गरियो । निर्माण कार्यको प्रगति प्रशंसा गर्नलायक छ । काम अझै युद्धस्तरमा बढ्नुपर्दछ । प्रदेश सरकार आफैँले ८५ करोड बजेट छुट्याए पनि पूर्वाधारमा केही समस्या हुने देखिन्छ ।’
कर्णाली खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले दशवटै जिल्लाको भौतिक संरचनाको विषयमा छलफल गर्दै आएको बताए । ‘बसाइ वातावरणको सहज व्यवस्थापन हुने ठाउँमा खेल खेलाउने भन्ने गरी सोचिएको छ’, उनले भने, ‘संरचना निर्माण रातारात भए पनि बनाउनुपर्छ भन्नेतर्फ गम्भीर भएर लागेका छौं ।’
सङ्घीय सरकारसँग पनि धेरै पटक बजेटको माग गर्दा पनि सहयोग नगरेको दुःखेसो पोख्दै सदस्यसचिव सञ्ज्यालले रङ्गशालाको ६० प्रतिशत भौतिक प्रगति भएको र अन्य जिल्लाहरुमा संरचनाको अभाव रहेको बताए । यद्यपि अन्तर्राष्ट्रियस्तरमा जाने खेलहरुलाई प्राथमिकता दिइने भन्दै व्यवस्थापनको पाटोमा धेरै ध्यान दिनुपर्ने अवस्था आएको उनको भनाइ थियो ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












