‘उच्चस्तरीय बनाएर छानबिन प्रक्रिया सुरू नगर्दासम्म संसद् चल्न सक्दैन’: एमाले
काठमाडाैँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार (आज) बोलाइएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन काण्ड छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राखेपछि सोमबार सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो। बैठक आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो।
प्रमुख प्रतिपक्षी दल एमालेले आज पनि बैठक अवरुद्ध गर्ने तयारी गरेको छ। एमाले सचेतक महेश बर्तौलाले उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नसक्ने बताए।
‘उच्चस्तरीय छानबिन समिति बनाउन सरकार तयार छैन,’ बर्तौलाले भने, ‘समिति बनाएर छानबिन प्रक्रिया सुरू नगर्दासम्म संसद् चल्न सक्दैन।’
संसद्को अवरोध खुलाउने विषयमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे भएको छलफलमा प्रचण्ड छानबिन समिति बनाउन सकारात्मक रहेको एमाले नेताहरूले बताएका छन्।
छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक देखिएपछि एमाले पनि सदनको अवरोध हटाउन तयार थियो। दिउँसो उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सभामुख देवराज घिमिरेबीच पनि छलफल भएको थियो।
त्यो छलफलमा गृहमन्त्री श्रेष्ठले सरकारले तदारूकताका साथ छानबिन गरिरहेको भन्दै अलग्गै समिति बनाउन तत्पर नदेखिएपछि समझदारी भाँडिएको थियो।
Comments
अरु समाचार
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












