पेट्रोल र डिजलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको भाउ सिलिन्डरमै १३० रुपैयाँ घट्यो
काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ। इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको मूल्य अनुसार निगमले पेट्रोल लिटरमा ९ रुपैयाँ र डिजलमा ७ रुपैयाँ मूल्य बढाएको छ।
निगमले खाना पकाउने ग्यासको मूल्य भने सिलिण्डरमा १ सय ३० रुपैयाँले घटाएको छ। निगमको मंगलबार बसेको संचालक समिति बैठकले मूल्य घटबढको निर्णय गरेको हो। निगमले दुई साताअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०को सहमति लिएर स्वचालित मूल्य कार्यान्वयन गरेको थियो।
अब काठमाडौंमा पेट्रोल लिटरको १७३ रुपैयाँमा पर्नेछ।काठमाडौंमै डिजल र मट्टितेल १ सय ५३ रुपैयाँ लिटर पर्नेछ। अब खाना पकाउने ग्यास उपभोक्ताले १६ सय ६० रुपैयाँमा पाउनेछन्। आइओसीले मंगलबार पठाएको मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर साढे ८ रुपैयाँ र डिजलमा ७ रुपैयाँ ६१ पैसा बढेर आएको थियो भने मट्टितेलमा प्रतिलिटर साढे ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ मूल्य बढेर आएको थियो।
तर, ग्यासको भाउ प्रतिसिलिन्डर १०० रुपैयाँले घटेर आएपछि संचालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो। परल मूल्यमा डिजलमा २ प्रतिशत र पेट्रोलमा २।५ प्रतिशत मुनाफा निगमले राख्ने गरेको छ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












