पेट्रोल र डिजलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको भाउ सिलिन्डरमै १३० रुपैयाँ घट्यो
काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ। इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको मूल्य अनुसार निगमले पेट्रोल लिटरमा ९ रुपैयाँ र डिजलमा ७ रुपैयाँ मूल्य बढाएको छ।
निगमले खाना पकाउने ग्यासको मूल्य भने सिलिण्डरमा १ सय ३० रुपैयाँले घटाएको छ। निगमको मंगलबार बसेको संचालक समिति बैठकले मूल्य घटबढको निर्णय गरेको हो। निगमले दुई साताअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०को सहमति लिएर स्वचालित मूल्य कार्यान्वयन गरेको थियो।
अब काठमाडौंमा पेट्रोल लिटरको १७३ रुपैयाँमा पर्नेछ।काठमाडौंमै डिजल र मट्टितेल १ सय ५३ रुपैयाँ लिटर पर्नेछ। अब खाना पकाउने ग्यास उपभोक्ताले १६ सय ६० रुपैयाँमा पाउनेछन्। आइओसीले मंगलबार पठाएको मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर साढे ८ रुपैयाँ र डिजलमा ७ रुपैयाँ ६१ पैसा बढेर आएको थियो भने मट्टितेलमा प्रतिलिटर साढे ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ मूल्य बढेर आएको थियो।
तर, ग्यासको भाउ प्रतिसिलिन्डर १०० रुपैयाँले घटेर आएपछि संचालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो। परल मूल्यमा डिजलमा २ प्रतिशत र पेट्रोलमा २।५ प्रतिशत मुनाफा निगमले राख्ने गरेको छ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












