प्रचण्डका ज्वाइँले फेरि मन्त्री दाबी गरेपछि मुख्यमन्त्रीको शपथै सर्यो
काठमाडाैँ । कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रका कारण मंगलबार मुख्यमन्त्रीमा नियुक्त उद्धव थापाको शपथ सरेको छ।
बुधबार बिहान साढे १० बजे शपथ खुवाउने गरी प्रदेश प्रमुखको कार्यालयले तयारी गरिरहँदा गठबन्धन दलहरुले समय सार्न आग्रह गरेका हुन्।
नवनियुक्त मुख्यमन्त्री उद्धव थापाका अनुसार शपथ समय सारेर साँझ ५ बजेका लागि नयाँ समय तोकिएको छ।
गठबन्धनलाई बहुमत (४७) पुर्याउन मंगलबार सभामुख पदबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने तयारी माओवादीले गरेको थियो।
माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि गौतमलाई मंगलबार बालुवाटारमा बोलाएर मन्त्री बनाइदिने आश्वासनसहित सभामुखबाट राजीनामा दिन भनेका थिए।
पार्टी नेतृत्व र प्रदेश १ संसदीय दलका नेता इन्द्र आङ्बोले समेत मन्त्री बनाउने आश्वासन दिएपछि गौतमले सभामुखबाट राजीनामा दिएर उद्धव थापालाई मुख्यमन्त्रीका लागि बहुमत जुटाइदिएका थिए।
सभामुख त्यागेका गौतमलाई मन्त्री बनाउने सहमति भइसकेको अवस्थमा माओवादीभित्र विवाद देखिएको छ।
माओवादी प्रदेश १ का एकजना सांसदका अनुसार सभामुख त्यागेलगत्तै मन्त्री बनाउँदा नराम्रो सन्देश जाने भएकाले केही समय होल्ड गर्न गौतमलाई भनिएको छ।
तर गौतम भने तत्कालै मन्त्री बन्न तयार भइसकेका छन्। ‘मंगलबार मात्रै सभामुखबाट राजीनामा दिएकाले तत्कालै मन्त्री बनाउँदा पदलोलुपको आरोप लाग्न सक्छ’, ती माओवादी सांसदले भने, ‘त्यसैले अहिले गौतमलाई साता दश दिनसम्म होल्ड गराउने रणनीतिअनुसार संसदीय दलमा छलफल भइरहेको छ।’
यसअघि असार २१ मा थापा मुख्यमन्त्री बन्दा क्याबिनेटमा अटाएका जीवन आचार्यले पनि यस पटक आफू मन्त्री हुनुपर्ने अडान लिएका छन्।
माओवादी अध्यक्ष प्रचण्डका ज्वाइँसमेत रहेका आचार्य यसअघि एमाले नेता हिक्मत कार्कीको ६ महिने कार्यकालमा पनि मन्त्री भएका थिए।
माओवादीमा तत्कालै मन्त्री हुने इच्छा देखाइरहेका सांसदहरुको संख्या झन्डै आधा दर्जन छ। माओवादीमा प्रदेश सभा सदस्यहरु गीता तिम्सिना, नारायण बुर्जा मगर, जीवन आचार्य, दुर्गा चाापाईं, राजेन्द्र कार्की र गणेश उप्रेती सुशील पनि मन्त्रीको दौडमा छन्।
आचार्य र कार्की यसअघि खारेजीमा परेको थापा मन्त्रीमण्डलका सदस्य पनि हुन्। प्रचण्डका कान्छा ज्वाइँसमेत रहेका आचार्यको दाबेदारी अझै बलियो छ।
उनले दाबी गरेपछि माओवादीभित्र नेता व्यवस्थापनबारे कुरा भइरहेको छ। जसअनुसार पछिल्लो पटक गौतमलाई नै बुधबार मन्त्रीको शपथ दिलाउने तयारी छ। तर उनी विनाविभागीय मन्त्री हुनेछन्।
उता आचार्यले भने बुधबार नै मन्त्रीको शपथ लिने छैनन्। उनलाई केही सातापछि मन्त्री बनाएर आर्थिक मामिला मन्त्रालय जिम्मा दिने गरी छलफल भइरहेको छ।
Comments
अरु समाचार
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...












