राष्ट्रिय युवा विज्ञान सम्मेलन भदौ ३० मा
काठमाडौं । नेपालमा रहेर विज्ञानका क्षेत्रमा काम गर्ने तथा विज्ञानमा लगाव राख्ने १३ देखि २५ वर्ष उमेर समूहका युवा तथा बालबालिकालाई लक्षित गरी आगामी भदौ ३० गते राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना गरिने भएको छ ।
कार्यक्रममा सहभागी हुन चाहनेलाई आवेदन दिन नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सार्वजनिक आह्वान गरेको छ । सम्मेलनमा सहभागी हुन आवेदन दिने युवा तथा बालबालिकालाई कार्यक्रमअघि नै दूर शिक्षा विधिबाट वैज्ञानिक अनुसन्धान पत्रको अवधारणा लेखन तथा प्रस्तुतीकरणसम्बन्धी कार्यशालासमेत सञ्चालन गरिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।
यस वर्ष सम्मेलनको विषयवस्तु ‘भविष्यका लागि सिकाइ’ रहेको छ । यसैसँग सम्बन्धित रहेर सहभागीले सम्मेलनमा आफूले गरेका वैज्ञानिक कार्य वा तयार पारेका वैज्ञानिक अवधारणा वा योजनालाई प्रस्तुत गर्नेछन् । सम्मेलनमा सहभागीले वैज्ञानिक मञ्च, चिनजान तथा सञ्जालको अवसर प्राप्त गर्नेछन् । सम्मेलनमा उत्कृष्ट प्रस्तुतीकरण गर्ने सहभागीलाई अन्तर्राष्ट्रिय कार्यक्रममा संलग्न हुने अवसरसमेत प्रदान गरिने उहाँले बताउनुभयो ।
सम्मेलनमा भाग लिनका लागि आवेदन फारम भर्ने अन्तिम मिति आगामी भदौ ८ गतेसम्म तोकिएको छ । भदौ ३० गते काठमाडौँको हुने सोसाइटीले जनाएको छ ।
Comments
अरु समाचार
-
रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...











