राष्ट्रिय युवा विज्ञान सम्मेलन भदौ ३० मा
काठमाडौं । नेपालमा रहेर विज्ञानका क्षेत्रमा काम गर्ने तथा विज्ञानमा लगाव राख्ने १३ देखि २५ वर्ष उमेर समूहका युवा तथा बालबालिकालाई लक्षित गरी आगामी भदौ ३० गते राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना गरिने भएको छ ।
कार्यक्रममा सहभागी हुन चाहनेलाई आवेदन दिन नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सार्वजनिक आह्वान गरेको छ । सम्मेलनमा सहभागी हुन आवेदन दिने युवा तथा बालबालिकालाई कार्यक्रमअघि नै दूर शिक्षा विधिबाट वैज्ञानिक अनुसन्धान पत्रको अवधारणा लेखन तथा प्रस्तुतीकरणसम्बन्धी कार्यशालासमेत सञ्चालन गरिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।
यस वर्ष सम्मेलनको विषयवस्तु ‘भविष्यका लागि सिकाइ’ रहेको छ । यसैसँग सम्बन्धित रहेर सहभागीले सम्मेलनमा आफूले गरेका वैज्ञानिक कार्य वा तयार पारेका वैज्ञानिक अवधारणा वा योजनालाई प्रस्तुत गर्नेछन् । सम्मेलनमा सहभागीले वैज्ञानिक मञ्च, चिनजान तथा सञ्जालको अवसर प्राप्त गर्नेछन् । सम्मेलनमा उत्कृष्ट प्रस्तुतीकरण गर्ने सहभागीलाई अन्तर्राष्ट्रिय कार्यक्रममा संलग्न हुने अवसरसमेत प्रदान गरिने उहाँले बताउनुभयो ।
सम्मेलनमा भाग लिनका लागि आवेदन फारम भर्ने अन्तिम मिति आगामी भदौ ८ गतेसम्म तोकिएको छ । भदौ ३० गते काठमाडौँको हुने सोसाइटीले जनाएको छ ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












