प्रधानमन्त्री प्रचण्डको क्युबा, न्युयोर्क र चीन भ्रमणको गृहकार्य
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी भदौ अन्तिम सातापछि क्युबा, संयुक्त राष्ट्रसंघीय महासभा न्युयोर्क र छिमेकी चीन भ्रमणमा जाने गरी गृहकार्य भइरहेको छ ।
प्रधानमन्त्री प्रचण्डले प्रमुख प्राथमिकतामा चीनको भ्रमणलाई राखेका छन् । ‘प्रधानमन्त्रीको भ्रमणका लागि कूटनीतिक च्यानलबाट तयारी भइरहेको छ । समयको चापलाई हेरेर सकभर सबै ठाउँमा भ्रमण हुने गरी गृहकार्य हुँदै छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने ।
कूटनीतिक स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले सुरुमा क्युबाको भ्रमण गर्ने गरी तयारी छ । भदौ अन्तिम साता क्युबाको दुईदिने भ्रमण सकेर प्रधनमन्त्री प्रचण्ड न्युयोर्कमा पुग्ने कार्यतालिकामा गृहकार्य भइरहेको स्रोतले बतायो । २ असोजदेखि संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ सत्रअन्तर्गत उच्चस्तरीय सम्बोधन सुरु हुनेछ । त्यसलाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाने योजनामा छन् ।
प्रधानमन्त्री प्रचण्डलाई ६ असोजमा चीनको हान्जाउमा आयोजना हुने एसियाली खेल कार्यक्रममा सहभागीसमेत हुने गरी औपचारिक भ्रमणको निमन्त्रणा छ । ‘संयुक्त राष्ट्रसंघमा सम्बोधन र उच्चस्तरीय भेटघाट सकिएपछि सम्भव भएसम्म मात्रै खेल हेर्न जाने सोचमा प्रधानमन्त्री हुनुहुन्छ । एसियाली खेलमा सहभागी हुन समयले दिएन भने न्युयोर्कबाट बेइजिङ गएर उच्चस्तरीय औपचारिक भेटवार्ता गर्ने गरी तयारी गर्न प्रधानमन्त्रीले भन्नुभएको छ । त्यहीअनुसार तयारी भइरहेको छ,’ परराष्ट्र स्रोतले भन्यो, ‘समयको चापले गर्दा यीमध्ये रोज्नुपर्ने अवस्था आएमा प्रधानमन्त्रीको पहिलो रोजाइ चीन हो । चीनमा औपचारिक वार्ता हुने मिति तलमाथि नहुने गरी क्युबा र न्युयोर्कको कार्यक्रमका लागि गृहकार्य गर्नु भन्ने निर्देशनअनुसार समन्वय भइरहेको छ ।’
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












