नेपालगञ्जमा मुख्य नालामा पुल विस्तार गरिँदै
काठमाडौं । नेपालगञ्जमा प्रत्येक वर्ष वर्षातको समयमा हुने डुबानको समस्या अन्त्यका लागि मुख्य नालामा रहेका साँघुरा पुल विस्तार गर्न थालिएको छ ।
यहाँको चार लेन सडकअन्तर्गत विपी चोक नजिकैका मुख्य नालामा रहेका पुलको बीच भाग विस्तार गरी पानीको बहाव सहजरुपमा बग्ने बनाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार नालामा रहेका पुल साँघुरा भएकाले पानीको बहावको निकासमा समस्या हुँदै आएको थियो । सहजरुपमा पानीको निकास नहुँदा बर्सातमा बजार क्षेत्रका घरबारी टोल, न्यूरोड, सेतुबिक चोकलगायत क्षेत्र डुबानग्रस्त हुने गरेका प्रमुख विष्टले बताउनुभयो ।
‘पुलको अधिकांश स्थानमा १० मिटरको चौडाइ रहे पनि कतिपय ठाउँका बीचभागमा तीन मिटर मात्र छन्’, सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नीरज शाक्यले भन्नुभयो, ‘साँघुरा नालाका कारण पानी थुुनिएर बर्सेनि नगर क्षेत्र डुबानमा पर्ने गरेको थियो ।’ डुबानको समस्या अन्त्यका लागि अहिले मुख्य नाला फराकिलो बनाउन थालिएको उहाँको भनाइ थियो ।
मुख्य नालाअन्तर्गतका पुल चौडाइ गर्नका लागि आगामी मङ्सिर १५ गतेसम्म सम्पन्न गर्ने गरी कार्की सच्ची जेभी कन्स्ट्रक्सन नेपालगञ्जसँग गत असार २७ गते रू ३२ लाख पाँच हजार चार सयमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले नाला विस्तारको काम सुरु गरिसकेको शाक्यले जानकारी दिनुभयो ।
नालाबाट पानी बग्ने मुहानलाई चौडा बनाएपछि वर्षामा सहर डुब्ने समस्याको अन्त्य हुने प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारीले बताउनुभयो । उपमहानगरपालिका, सडक डिभिजन कार्यालयलगायतको पहलमा नाला विस्तारको काम सम्पन्न भएपछि वर्षौंदेखिको डुबानको समस्या अन्त्य हुने उहाँको भनाइ थियो ।
नालाको निकास फराकिलो भएपछि सेतुबिक चोक आसपास क्षेत्रमा डुबानको समस्या कम हुने स्थानीय होटल व्यवसायी गोपाल गिरीले बताउनुभयो । उहाँले विगतमा ठूलो पानी पर्नासाथ डुबान भएर सास्ती बेहोर्दै आएको उल्लेख गर्नुभयो ।
नगरभित्रका करिब ८० प्रतिशत सडक तथा नाला निर्माण भइसकेका नगरप्रमुख विष्टले जानकारी दिनुभयो । वर्षामा पर्याप्त पानीको निकास थुनिँदा सहर डुबानमा पर्ने गरेको जनाउँदै उहाँले अब दीर्घकालीनरुपमा समस्याको समाधान हुने बताउनुभयो ।
साँघुरो निकासलाई फराकिलो बनाउने कार्य सकारात्मक भए पनि बर्सातको समयमा भएको पुल भत्काएर निर्माण गर्नु प्रभावकारी नदेखिएको स्थानीय मीन मल्लले बताउनुभयो । उहाँले बर्सातमा काम गर्दा थप दुर्घटना निम्त्याउन सक्नेतर्फ सजक हुन अनुरोध गर्नुभयो ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












