नेपालगञ्जमा मुख्य नालामा पुल विस्तार गरिँदै
काठमाडौं । नेपालगञ्जमा प्रत्येक वर्ष वर्षातको समयमा हुने डुबानको समस्या अन्त्यका लागि मुख्य नालामा रहेका साँघुरा पुल विस्तार गर्न थालिएको छ ।
यहाँको चार लेन सडकअन्तर्गत विपी चोक नजिकैका मुख्य नालामा रहेका पुलको बीच भाग विस्तार गरी पानीको बहाव सहजरुपमा बग्ने बनाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार नालामा रहेका पुल साँघुरा भएकाले पानीको बहावको निकासमा समस्या हुँदै आएको थियो । सहजरुपमा पानीको निकास नहुँदा बर्सातमा बजार क्षेत्रका घरबारी टोल, न्यूरोड, सेतुबिक चोकलगायत क्षेत्र डुबानग्रस्त हुने गरेका प्रमुख विष्टले बताउनुभयो ।
‘पुलको अधिकांश स्थानमा १० मिटरको चौडाइ रहे पनि कतिपय ठाउँका बीचभागमा तीन मिटर मात्र छन्’, सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नीरज शाक्यले भन्नुभयो, ‘साँघुरा नालाका कारण पानी थुुनिएर बर्सेनि नगर क्षेत्र डुबानमा पर्ने गरेको थियो ।’ डुबानको समस्या अन्त्यका लागि अहिले मुख्य नाला फराकिलो बनाउन थालिएको उहाँको भनाइ थियो ।
मुख्य नालाअन्तर्गतका पुल चौडाइ गर्नका लागि आगामी मङ्सिर १५ गतेसम्म सम्पन्न गर्ने गरी कार्की सच्ची जेभी कन्स्ट्रक्सन नेपालगञ्जसँग गत असार २७ गते रू ३२ लाख पाँच हजार चार सयमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले नाला विस्तारको काम सुरु गरिसकेको शाक्यले जानकारी दिनुभयो ।
नालाबाट पानी बग्ने मुहानलाई चौडा बनाएपछि वर्षामा सहर डुब्ने समस्याको अन्त्य हुने प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारीले बताउनुभयो । उपमहानगरपालिका, सडक डिभिजन कार्यालयलगायतको पहलमा नाला विस्तारको काम सम्पन्न भएपछि वर्षौंदेखिको डुबानको समस्या अन्त्य हुने उहाँको भनाइ थियो ।
नालाको निकास फराकिलो भएपछि सेतुबिक चोक आसपास क्षेत्रमा डुबानको समस्या कम हुने स्थानीय होटल व्यवसायी गोपाल गिरीले बताउनुभयो । उहाँले विगतमा ठूलो पानी पर्नासाथ डुबान भएर सास्ती बेहोर्दै आएको उल्लेख गर्नुभयो ।
नगरभित्रका करिब ८० प्रतिशत सडक तथा नाला निर्माण भइसकेका नगरप्रमुख विष्टले जानकारी दिनुभयो । वर्षामा पर्याप्त पानीको निकास थुनिँदा सहर डुबानमा पर्ने गरेको जनाउँदै उहाँले अब दीर्घकालीनरुपमा समस्याको समाधान हुने बताउनुभयो ।
साँघुरो निकासलाई फराकिलो बनाउने कार्य सकारात्मक भए पनि बर्सातको समयमा भएको पुल भत्काएर निर्माण गर्नु प्रभावकारी नदेखिएको स्थानीय मीन मल्लले बताउनुभयो । उहाँले बर्सातमा काम गर्दा थप दुर्घटना निम्त्याउन सक्नेतर्फ सजक हुन अनुरोध गर्नुभयो ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












