धरानमा डेंगु संक्रमण बढ्दो, स्वास्थ्य आपत्काल घोषणा गर्ने सरकारी पहल
धरान । डेंगु संक्रमणले महामारीको रूप लिएपछि धरानमा स्वास्थ्य आपत्काल घोषणा गर्न स्थानीय प्रशासनले सिफारिस गरेको छ । शुक्रवार सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समिति बैठकले धरानलाई स्वास्थ्य आपत्काल घोषणा गरेर डेङ्गीविरुद्ध तीव्र अभियान चलाउन गृह मन्त्रालयमा सिफारिस गरेको हो । धरानमा डेङ्गीको सङ्क्रमण तीव्र बनेकाले स्वास्थ्य आपत्काल घोषण गर्न सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।
धरानका अस्पतालहरूमा डेङ्गी सङ्क्रमितको भिड अस्वाभाविक बढिरहेको छ । धरानमा एकै दिन एक हजार सात सय ७६ जना डेङ्गी भाइरस सङ्क्रमित थपिएका धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले बताउनुभयो । धरानमा झन्डै १० हजार जना डेङ्गी सङ्क्रमित रहेका उहाँले बताउनुभयो ।
धरानका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेङ्गी क्लिनिक, फिवर क्लिनिक र डेङ्गी अस्पतालसहित उपमहानगरको विभिन्न स्वास्थ्य चौकी, वडा समिति कार्यालयहरूले सञ्चालन गरेका निःशुल्क स्वास्थ्य शिविर, धरान सभागृह र उद्योग वाणिज्य सङ्घ सुनसरीको हलमा उपमहानगरले निःशुल्क जाँच र औषधि वितरण गरिरहेको छ ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खोटाङकाे खार्तम्छामा शव बाेकेकाे हेलिकप्टर दुर्घटना
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...












