फिफा महिला विश्वकपः सेमिफाइनलमा को-को ?
काठमाडौं । फिफा महिला विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ। नवौं संस्करणको विश्कपमा यो पटक नयाँ विजेता पाउने भएको छ।
शनिबार भएको सेमिफाइनलको अन्तिम खेलमा कोलम्बियालाई २–१ गोलले पराजित गर्दै युरोकप विजेता इंग्ल्याण्डले आफ्नो उपाधि दाबेदारीलाई बलियो रुपमा प्रस्तुत गरेको छ।
कोलम्बियामाथि पुनरागमन जित निकालको इंग्लयाण्ड विश्वकपमा अपराजित छ। समूह चरणमा हाइटी डेनमार्क र चीनलाई पराजित गरेको इंग्ल्याण्डले प्रि क्वार्टरफाइनलमा नाइजेरियालाई पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको थियो। उसले यो विश्वकपमा बलियो दाबेदारीका रुपमा प्रस्तुत गरिरहेको छ। अब फाइनल प्रवेशका लागि उसले आयोजक अष्ट्रेलियासँग खेल्नेछ।
अर्को टोली अस्ट्रेलिया क्यानडा र आयरल्याण्डलाई हराएको र समूह चरणमा नाइजेरियासँग ३–२ ले पराजित भएको थियो। राउन्डअफ सिक्सटिनमा उसले युरोपको बलियो टिम डेनमार्कलाई हराएर अन्तिम आठमा प्रवेश गरेको थियो भने सेमिफाइनल प्रवेशका लागि उसले फ्रान्समाथि सशक्त खेल प्रदर्शन गर्दै महिला विश्वकपको ट्रफी एसियामै राख्ने दाबेदारी प्रस्तुत गरेको छ। शनिबार भएको खेलमा फ्रान्सलाई अष्ट्रेलियाले ७–६ ले हरायो। यी दुईबीचको खेल मंगलबार एसर स्टेडियम अस्ट्रेलियामा हुनेछ।
यस्तै क्वाटरफाइनकै अर्को खेलमा स्वीडेनले पूर्वविजेता जापानलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनायो। जापानको हारसँगै यसपटक विश्वकपले नयाँ च्याम्पियन पाउने पक्का भएको हो। महिला विश्वकपको आठौं संस्करणसम्म ४ टोलीले मात्र उपाधि जितेका छन्। विश्वकपको आठौं संस्करणसम्म अमेरिका ४ पटक, जर्मनी २ पटक तथा नर्वे र जापानले १–१ पटक उपाधि जितेका छन्। त्यसमध्ये समुह एचको तेस्रो स्थानमा रहँदा जर्मनी नकआउट चरणमै पुग्न सकेन। प्रिक्वाटरफाइनलमा पुगेका ३ पूर्व च्याम्पियनमध्ये नर्वे र साबिक विजेता समेत रहेको अमेरिकाले अन्तिम ८ सम्मको यात्रा तय गर्न सकेनन्। नर्वेलाई जापानले र अमेरिकालाई गत संस्करण तेस्रो भएको स्वीडेनले नै हराएको थियो।
स्वीडेन पनि यो विश्वकपमा अपराजित छ। समूह चरणमा इटालीमाथि ५–० को जित निकालेको स्वीडेनले अर्जेन्टिनालाई २–० हराएको थियो। त्यस्तै दक्षिण कोरियामाथि २–१ को जित दर्ता गरेको थियो। राउन्डअफ सिक्सटिनमा स्वीडेनले चार पटकको विश्वविजेता अमेरिकालाई घर पठायो। पहिलो संस्करणदेखि खेल्दै आएको स्वीडेन पाँचौं पटक सेमिफाइनलमा पुगेको हो।
साविक उपविजेता नेदरल्याण्ड्सलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै स्पेन पहिलो पटक विश्वकपको सेमिफाइनल पुग्यो। स्पेनले यो पटक निकै सशक्त खेल खेलिरहेको छ। स्पेनले समूह चरणमा कोस्टारिकालाई ३–० ले पराजित गर्दै यो विश्वकपमा विजयी सुरुवात गरेको थियो। जाम्बियालाई ५–० ले पराजित गर्दा समूह चरणमा स्पेन जापानसँग ४–० पराजित हुन पुग्यो।
प्रिक्वार्टरफाइनलमा स्विट्जरल्याण्डलाई ५–१ ले हराएको थियो। यो विश्वकपमा स्पेनले १५ गोल गरिसकेको छ भने ६ गोल खाएको छ। अब फाइनल प्रवेशका लागि स्पेन र स्विडेनबीच मंगलबार न्युजिल्यान्डको अकल्यान्डमा खेल हुनेछ। यो विश्वकपमा तीन युरोपका देश र एक एशियाली देश सेमिफाइनलमा स्थान बनाएका छन्।
फाइल खेल आगामी आइतबार हुनेछ।
Comments
अरु समाचार
-
फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा, अष्ट्रियालाई हराउन दुई गोल निर्णायक
काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ज गरेका...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











