ललिता निवास जग्गा प्रकरण: सिआइवीले बोलाएपछि राजनीतिक र कानुनी परामर्शमा माधव नेपाल
काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बोलाएपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई राजनीतिक र कानुनी परामर्श गरेका छन्।
सोमबार विदेश भ्रमणबाट फर्किएपछि नेपाललाई सिआइवीले सोधपुछका लागि बोलाएपछि उनी परामर्शमा लागेका हुन्। स्रोतका अनुसार उनलाई मंगलबारका लागि उपस्थित हुन सिआइवीले आग्रह गरेको छ। सोमबार पूर्वमुख्यसचिव लीलामणि पौडेलसँग सिआइवीले सोधपुछ गरेको थियो।
नेपालको आग्रहमा सोमबार साँझ सत्ता गठबन्धनको बैठक बसेर यस विषयमा छलफल गरेको थियो। नेपालले मंगलबार बिहान पनि प्रधानमन्त्री निवास बालुवाटारमा राजनीतिक नेतृत्व र कानुन व्यवसायीहरुसँग छलफल गरेका छन्।
२०६६ सालमा नेपाल नेतृत्वको मन्त्रिपरिषदका निर्णयका कारण बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाउमा पुर्याउन सहयोग पुगेको भन्दै सर्वोच्चले साउन २१ गते उनीमाथि छानबिन गर्न आदेश दिएको थियो। अर्का प्रधानमन्त्री बाबुराम भट्टराईमाथि पनि छानबिन गर्न सर्वोच्चले आदेश दिएको छ।
अख्तियारले २०७६ बालुवाटार प्रकरणमा १७५ जनालाई मुद्दा दायर गरे पनि नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय लिएको थियो। अहिले सिआइवीले अनुसन्धान अघि बढाएसँगै १८ जनालाई पक्राउ गरिसकेको छ भने नेपाल र भट्टराईमाथि पनि अनुसन्धान केन्द्रीत गरेको छ।
दुवै पूर्वप्रधानमन्त्रीहरुले प्रकरणमा आफू दोषी नरहेको बताउँदै अनुसन्धानका लागि सहयोग गर्ने सार्वजनिक रुपमा प्रतिबद्धता जनाएका छन्।
Comments
अरु समाचार
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












