फिफा महिला विश्वकप: स्वीडेनविरुद्ध रोमाञ्चक जित निकाल्दै स्पेन पहिलो पटक फाइनलमा
काठमाडौं । फिफा महिला विश्वकपको सेमिफाइनलकाे रोमाञ्चक खेलमा स्वीडेनविरुद्ध २–१ को जित निकाल्दै स्पेन पहिलो पटक फाइनल प्रवेश गरेको छ ।
न्युजिल्यान्डस्थित इडेन पार्कमा सम्पन्न रोमाञ्चक खेलको तीनै गोल खेलको निर्धारित समय सकिन अन्तिम १० मिनेट बाँकी रहँदा भएको थियो । स्पेनको जितमा साल्मा एयिनगोनो र ओल्गा कार्मोनाले गोल गरे । स्वीडेनकी रेबेका ब्लोमभिस्टले गोल फर्काए पनि टिमको हार टार्न भने सकिनन् ।
खेलको ८१औँ मिनेटमा एयिनगोनोले गरेको गोलबाट स्पेनले अग्रता बनाएको थियो । तर, ८८औँ मिनेटमा ब्लोमभिस्टले गोल गर्दै स्वीडेनलाई खेलमा फर्काएकी थिइन् । यसको एक मिनेटपछि नै कार्मोनाले गोल गर्दै पुनः स्पेनलाई अग्रतामा राखेकी थिइन् ।
यसपछि दुवै टिमबाट गोल हुन नसक्दा स्पेनले विश्वकपको तेस्रो सहभागितामा नै फाइनलसम्मको यात्रा निश्चित गरेको हो ।
सन् २०१५ अघिसम्म विश्वकपमा छनोट भएको थिएन । र, यस संस्करणअघि प्रि–क्वार्टरफाइनल प्रवेश गर्नु नै स्पेनको सबैभन्दा ठूलो उपलब्धि थियो ।
समूह ‘सी’को उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको स्पेनले प्रि–क्वार्टरफाइनलमा स्वीट्जरल्यान्ड र क्वार्टरफाइनलमा साविक उपविजेता नेदरल्यान्ड्सलाई हराएको थियो ।
यता, सेमिफाइनलसम्मको यात्रा तय गर्दा समूह ‘जी’को विजेता स्वीडेनले अन्तिम–१६ मा साविक विजेता अमेरिका र क्वार्टरफाइनलमा सन् २०११ को च्याम्पियन जापानको चुनौती पन्छाएको थियो ।
स्पेनले अब उपाधिका लागि इंग्ल्यान्ड र घरेलु टिम अस्ट्रेलियाबीचको विजेतासँग खेल्ने छ । यी दुई टिमबीचको दोस्रो सेमिफाइनल भोलि (बुधबार) दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।
Comments
अरु समाचार
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...












