फिफा महिला विश्वकप :पहिलो उपाधिको खोजीमा स्पेन र इंग्ल्यान्ड
काठमाडौं । फिफा महिला विश्वकपको फाइनलमा आज (आइतबार) स्पेन र इंग्ल्यान्ड मैदान उत्रिँदा दुवै टिम पहिलो उपाधिको लक्ष्यमा हुनेछन् ।
महिला विश्वकपको इतिहासमा दुवै टिम पहिलो पटक फाइनलसम्म पुगेका हुन् । अमेरिका र जर्मनीमध्ये कुनै एक टिमले फाइनलमा स्थान बनाउन नसकेको यो पहिलो पटक हो ।
गत वर्ष सम्पन्न महिला युरोपियन च्याम्पियनसिपको विजेतासमेत रहेको इंग्ल्यान्ड जारी विश्वकपमा अपराजित छ । फाइनलमा ‘जायन्ट किलर’ को छवि बनाएको स्पेनविरुद्ध मैदान उत्रिँदा इंग्ल्यान्ड सोही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।
यता, समूह चरणको अन्तिम खेलमा जापानसँग ४–० को फराकिलो हारका बावजुद फाइनलसम्मको यात्रा तय गर्दा स्पेनले कुल १७ गोल गरेको छ ।
अस्ट्रेलियाको सिड्नीस्थित अस्ट्रेलिया रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।
स्पेन र इंग्ल्यान्ड फाइनल यात्रा
इंग्ल्यान्ड
सन् १९९५ को संस्करणमा डेब्यु गरेको इंग्ल्यान्डले २००७, २०११, २०१५ र २०१९ गरी पाँचपटक विश्वकप खेलिसकेको छ । इंग्ल्यान्डले यसअघिका लगातार दुई संस्करणमा सेमिफाइनलमा स्थान बनाएको थियो ।
सन् २०१५ मा तेस्रो र २०१९ मा चौथो भएको इंग्लिस टिमले हालसम्म फाइनलमा स्थान बनाउन सकेको छैन । २०१५ मा तेस्रो स्थान हासिल गर्नु नै इंग्ल्यान्डको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट नतिजा हो ।
समूह ‘डी’को विजेताका रूपमा प्रि–क्वार्टरफाइनलमा आएको इंग्ल्यान्डले अन्तिम–१६ को खेलमा नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो ।
इंग्ल्यान्डले क्वार्टरफाइनलमा कोलम्बियालाई २–१ ले र सेमिफाइनलमा घरेलु टिम अस्ट्रेलियाको चुनौती ३–१ ले पन्छाउँदै उपाधिका लागि स्पेनसँगको भेट पक्का गरेको थियो ।
स्पेन
महिला विश्वकपमा स्पेनको इतिहास लामो छैन । सन् २०१५ को संस्करणमा डेब्यु गरेको स्पेनको यो तेस्रो सहभागिता हो । विश्व महिला फुटबलमा पछिल्लो समय स्पेन घरेलु लिगका कारण चर्चित छ ।
स्पेन पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो । गत संस्करणमा प्रि–क्वार्टरफाइनलसम्मको यात्रा तय गर्नु नै स्पेनको यसअघिको उत्कृष्ट नतिजा थियो ।
स्पेन समूह ‘सी’को उपविजेताका रूपमा अन्तिम–१६ मा प्रवेश गरेको थियो । क्वार्टरफाइनलमा स्थान बनाउने क्रममा स्पेनले स्वीट्जरल्यान्डलाई ५–१ ले हरायो ।
अन्तिम–८ मा नेदरल्यान्ड्सको चुनौती २–१ ले पन्छाएको स्पेनले सेमिफाइनलमा विश्वकपको सदाबहार दाबेदार स्वीडेनलाई २–१ ले हराउँदै पहिलो पटक फाइनलमा स्थान बनाएको थियो ।
Comments
अरु समाचार
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...












