नेपली क्रिकेट टोली पाकिस्तान प्रस्थान गर्दैः सन्दीप लामिछाने भने नजाने
काठमाडौं । आज राती नेपाली क्रिकेट टोली एसिया कप प्रतियोगितामा सहभागी हुन पाकिस्तान प्रस्थान गर्ने भएको छ। नेपालले पाकिस्तानमै प्रतियोगिताको अन्तिम तयारी गरेको छ। १६औं संस्करणको एसिया कप अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुन गइरहेको।
नेपाल क्रिकेट संघ क्यान ले गत सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टिम घोषणा गरेको थियो।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जीसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल रहेका छन् ।जसमा सन्दीप लामिछाने अदालति प्रक्रियाका कारण आज पाकिस्तान नजाने भएका छन् ।
प्रतियोगिताको अन्तिम तयारीमा रहेको नेपाली टोलीका कप्तान रोहित पौडेल एसिया कपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् । बलिया टेस्ट राष्ट्रहरुको सहभागिता रहने भएकाले एसिया कपका लागि नेपाली टोलीले राम्रो तयारी गरेको समेत उनले दाबी गरेका छन्।
नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो । प्रतियोगितामा एसियाका टेस्ट खेल्ने मान्यता पाएका राष्ट्रहरुसहित ६ टोलीको सहभागिता जनाउने छ । नेपाली टोली प्रतियोगिताको समूह ‘ए’ मा छ । उक्त समूहमा दुई बलिया राष्ट्र भारत र पाकिस्तान पनि छन् ।
भारत र पाकिस्तान दुबै एकदिवसीय विश्वकपको पूर्वविजेता राष्ट्र हुन् । यसपटक ५० ओभरमा खेलाइने एसिया कपका लागि टेस्ट राष्ट्रहरुले पनि आफ्नो सिनियर टोलीलाई नै पठाएको छ । ‘प्रतिद्वन्द्वी जति बलियो भए पनि हामीले आफ्नो खेल खेल्ने हो । प्रतियोगितामा हामी बेष्ट क्रिकेट खेल्नेछौं । यसमा हामी विश्वस्त छौँ । एसिया कपको मैदानमा विश्वले हाम्रो खेललाई नियाली रहेको हुनेछ भन्ने कुरा हामीले राम्ररी बुझेका छौँ,’ कप्तान पौडेल भन्छन् ।
आगामी एसिया कपको समूह ‘बी’मा श्रीलंका, बंगलादेश र अफगानिस्तान परेका छन् । प्रतियोगिताको उद्घाटन खेल अगस्त ३० तारिखमा नेपाल र आयोजक पाकिस्तानबीच हुनेछ। उक्त खेल पाकिस्तानको मुल्तान रङगसालामा खेलिने छ । नेपालले आफ्नो दोस्रो खेल सेप्टेम्बर ४ मा भारतसँग खेल्नेछ । उक्त खेल श्रीलंकाको केन्डी रङगसालामा खेलिने छ ।
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...












