एसिया कप २०२३: भारत र पाकिस्तानसँग खेलेर इतिहास बनाउने नेपाली टिमका प्रशिक्षक देसाईको दाबी
काठमाडौं । एसिया कप २०२३ को अन्तिम तयारीका लागि अहिले नेपाली राष्ट्रिय क्रिकेट टिम पाकिस्तानको कराँचीमा छ। बुधबार कराँचीमा पुगेको नेपालले त्यहाँ एक साता तयारी गर्नेछ। नेपालले बिहीबार कराँची पहिलो अभ्यास गरेको छ।
अभ्यासपछि पत्रकारहरूसँग कुरा गर्दै नेपाली टिमका प्रशिक्षक मोन्टी देसाईले नेपाली टिमले एसिया कप खेलेर इतिहास बनाउने बताए। ‘हामीले एसिया कपका लागि तीन-चार महिनामा अभ्यास गरेका छौं। यस्तै एसिसी इमर्जिङ कपमा भारत र पाकिस्तानको ए टिमसँग खेल्यौं। राम्रो नतिजा नआए पनि हामीलाई राम्रो अनभुव प्राप्त भयो’, उनले भने, ‘हाम्रो टिम युवा छ। खेलाडीले राम्रो एटिच्युटसँग खेलेका छन्। हामी यो प्रतियोगिता खेल्न लायक भएर छनोट भएका हौं। टिमले यो अवसरलाई सेलिब्रेट गर्नेछौं। भारत र पाकिस्तानसँग जस्ता ठूला टेस्ट राष्ट्रसँग खेलेर इतिहास बनाउँदैछौं। यो हाम्रो लागि अवसर पनि हो।’
कराँचीमा अभ्यास गरेपछि नेपाल घरेलु टिम पाकिस्तानसँग खेल्न मुल्तान पुग्नेछ। एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालले पाकिस्तान र भारतसँग भिड्नेछ। एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन्। भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि खेल श्रीलंकामा हुन लागेका हुन्। एसिया कपको पहिलो पहिलो खेल नेपालले अगस्ट ३० मा पाकिस्तानसँग खेल्नेछ।
नेपाल समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तानबाट श्रीलंका पुग्न पर्नेछ। नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ ९भदौ १८० मा श्रीलंकामा खेल्नेछ। तीन(तीन टिमको समूहबाट शीर्ष दुई दुई टिम गरी चार टिमले सुपर फोर खेल्नेछन्। सुपर फोर पछि एसिया कपको फाइनल सेप्टेम्बर १७ ९भदौ ३१० मा हुनेछ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











